News Category 2074/07/20

उपेन्द्र यादव बिरुद्धको उम्मेदवारी भएन फिर्ता, १४ जनाले उम्मेदवारी फिर्ता लिए

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १९ कात्तिक । 
मंसिर २१ गते हुने दोश्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सप्तरीमा परेको १ सय ६८ जनाको उम्मेदवारी मध्ये १४ जना उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
निर्वाचन कार्यक्रम अनुसार आइतबार दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने कार्यक्रम रहेकोमा सो अवधीमा प्रतिनिधिसभा क्षेत्र नं. १ बाट २, सोही क्षेत्रको प्रदेशसभा २ बाट एक, क्षेत्र नं. २ को प्रदेशसभा १ बाट एक, २ को प्रदेशसभा २ बाट ३, क्षेत्र नं. ३ बाट २, ३ को प्रदेशसभा १ बाट २, ३ को प्रदेशसभा २ बाट एक र क्षेत्र नं. ४ बाट २ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सप्तरीले जनाएको छ । 
यता संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा क्षेत्र नं. २ बाट दिएको उम्मेदवारी बिरुद्धमा राजपाका सहमहामन्त्री जयप्रकाश ठाकुरले स्वतन्त्र रुपमा दिएको उम्मेदवार भने फिर्ता भएको छैन् । त्यस्तै सोही क्षेत्रको प्रदेशसभा २ बाट उम्मेदवारी दिएका राजपा महासचिव मनिषकुमार सुमनको बिरुद्धका राजपाका क्षेत्रिय अध्यक्ष लक्ष्मण यादव समेतले उम्मेदवारी फिर्ता नलिएको निर्वाचन अधिकृतको कार्यालय सप्तरीले जनाएको छ । 
मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुंगानाका अनुसार प्रतिनिधिसभा क्षेत्र नं. बाट स्वतन्त्र उम्मेदवारद्वय बेचन खड्गाा र बिनोद कुमारले उम्मेदवारी फिर्ता लिएका छन् । त्यस्तै सोही क्षेत्रको प्रदेशसभा २ बाट स्वतन्त्र उम्मेदवार शम्भु कुमार झाले समेत उम्मेदवारी फिर्ता लिएका छन् । झ संघीय समाजवादी फोरम नेपाल २ नं. प्रदेशका मुख्य सचिव हुन् । 
त्यस्तै प्रतिनिधिसभा क्षेत्र नं. २ को प्रदेशसभा १ बाट स्वतन्त्र उम्मेदवार नरेश कुमार मण्डल र प्रदेशसभा २ बाट स्वतन्त्र उम्मेदवारहरु घुरन प्रसाद साह, भिमराज यादव र रेखादेवी कर्ण समेतले  उम्मेदवारी फिर्ता लिएका छन् । यादव फोरम नेपालका तर्फबाट राजविराज नगरपालिकाका प्रमुख पदका उम्मेदवार थिए । 
त्यसैगरि प्रतिनिधिसभा क्षेत्र नं. ३ बाट स्वतन्त्र उम्मेदवारद्वय मुनीलाल खंग खत्वे र संजय चौधरी, सोही क्षेत्रको प्रदेशसभा १ बाट स्वतन्त्र उम्मेदवारद्वय उमेश प्रसाद यादव र महेन्द्र प्रसाद चौधरी तथा प्रदेशसभा २ बाट स्वतन्त्र उम्मेदवार उपेन्द्र प्रसाद साह समेतले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 
त्यस्तै प्रतिनिधिसभा ४ बाट स्वतन्त्र उम्मेदबारद्वय अनिरुद्ध कुमार सिंह र संजिव कुमार चौधरीले उम्मेदवारी फिर्ता लिएका छन् । सिंह फोरम नेपालका सप्तरी इन्चार्ज हुन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट