News Category 2074/07/20

क्षेत्र नं. ३ मा स्वतन्त्र उम्मेदवारद्वयबाट काँग्रेसलाई समर्थन, २ मा कांग्रेसका उम्मेदवारको उम्मेदवारी फिर्ता भएन

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १९ कात्तिक । 
मंसिर २१ गते हुने दोश्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सप्तरीको प्रतिनिधिसभा क्षेत्र नं. ३ का स्वतन्त्र उम्मेदवार संजय चौधरीले आइतबार नेपाली काँग्रेसलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।  
निर्वाचन कार्यालयको कार्यक्रम अनुसार आइतबार १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय अवधीमा उनले उम्मेदवारी फिर्ता लिदै काँग्रेसलाई समर्थन गर्ने निर्णय गरेको काँग्रेस सप्तरीका सभापति दिनेश कुमार यादवले जानकारी दिए । 
त्यसै गरि सोही क्षेत्रका प्रदेशसभा १ का स्वतन्त्र उम्मेदवार महेन्द्र प्रसाद चौधरीले समेत उम्मेदवारी फिर्ता लिई त्यस क्षेत्रका काँग्रेसका उम्मेदबार मो. समिमलाई समर्थन गरेको सभापति यादवले बताए । 
यसैबीच क्षेत्र नं. २ बाट नेपाली काँग्रेसका तर्फबाट उम्मेदवारी दिएका सकलदेव सुतिहारले समेत उम्मेदवारी फिर्ता लिन दिएको निवेदन अस्वीकृत भएको छ । 
सुतिहारले निर्वाचन आयोग काठमाडौंमा उम्मेदवारी फिर्ताको निवेदन समयभित्र नदिएको र पार्टीको आधिकारिक पत्रसमेत नरहेकाले उनको उम्मेदवारी कायमै रहेको सप्तरीका मूख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुंगानाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट