News Category 2074/07/20

बस दुर्घटनामा निधन भएका परिवारजनलाई सहयोग

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १९ कात्तिक । 
बस दुर्घटनामा निधन भएका तिलाठीका शोकाकुल परिवारजनलाई आइतबार सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले सहयोग रुवरुप एकावन हजारको चेक हस्तान्तरण गरेको छ । 
सो गाउँपालिका अध्यक्ष सतिशकुमार सिंह र उपाध्यक्ष सुचिता यादवले संयुक्त रुपमा उक्त चेक निधन भएका सन्जित झाका पिता रमानाथ झालाई हस्तान्तरण गरेका हुन् । 
गत कात्तिक ११ गते धादिङस्थित त्रिशुली नदी बस खस्दा सप्तरीको तिलाठीको रमानाथ झाको दुई छोरा, बुहारी र नाति नातिनिसहति पाँच जनाको निधन भएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट