News Category 2074/07/21

बागि उम्मेदवार खतिवडाको साधारण सदस्यसमेत नरहने गरि एमाले ग¥यो कारवाही

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २० कात्तिक । 
नेकपा एमाले जिल्ला जिल्ला समिति सप्तरीले क्षेत्र नं. १ अन्तर्गत प्रदेशसभा १ बाट पार्टीको निर्णयको अवज्ञा गर्दै आधिकारिक उम्मेदवारविरुद्ध मनोनयन दर्ता गराएका प्रकाश खतिवडालाई कारवाही गरेको छ । 
पार्टीका जिल्ला अध्यक्ष गोबिन्द न्यौपानेद्वारा सोमबार जारि गरेको विज्ञप्तिमा पार्टीको हित र प्रतिष्ठामा आँच पु¥याई पार्टीका विरुद्ध शत्रुतापूर्ण गतिविधि गरेकोले जिल्ला समिति सचिवालयको वैठकले नेकपा (एमाले) को विद्यानको धारा ५ को घ बमोजिम कञ्चनरुप नगरपालिका ७ धर्मपुरका प्रकाश खतिवडाको पार्टीको सदस्यता स्वतः समाप्त भएको उल्लेख छ । 
त्यसैगरी पार्टीभित्र गुटबन्दी र षड्यन्त्र गरी पार्टी निर्णयको विपक्षमा उम्मेदवारी दिनेको प्रस्तावक र समर्थक बसी पार्टीको बैधानिक उम्मेदवारको विपक्षमा सार्वजनिक क्रियाकलाप गरेको पुष्टि भएकाले कञ्चनरुप नगरपालिका–१२ का अनील पोखरेल र कञ्चनरुप नगरपालिका–६ का मो. मुस्तफा मियाँ समेतलाई पार्टी विद्यानको धारा ५ को घ तथा धारा ४९ बमोजिम सदस्यता समेत नरहने गरि कारवाही गरिएको जनाइएको छ । 
साथै विज्ञप्तिमा पार्टीको निर्णयअनुरुप बाम गठबन्धनका उम्मेदवारहरुको पक्षमा लाग्नु हुन सम्पूर्ण कार्यकर्ता, समर्थक, शुभेच्छुकहरुमा हार्दिक अनुरोध गरिएको छ ।  
खतिवडा बाम गठबन्धनका आधिकारी उम्मेदवार सत्यनारायण मण्डल बिरुद्धमा सो क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनी नेकपा एमाले सप्तरीको जिल्ला सदस्य थिए भने नेपाल पत्रकार महासंघ सप्तरीका निवर्तमान अध्यक्ष समेत हुन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट