News Category 2074/07/21

मधेशी गठबन्धनलाई जिताउन अध्यक्ष यादवको अपील

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २० कात्तिक । 
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी हक अधिकारका लागि मधेसी गठबन्धनलाई  बिजयी गराउनु पर्ने बताउनुभएको छ । 
राजविराजमा कार्यकर्ता सँगको भेटको क्रममा उहाँले सो कुरा बताउँदै एमाले, काँग्रेस, माओवादीले मधेसीहरुमाथि ब्यापक भेदभाव गरेको र मधेसीको अधिकार समेत पुरा हुन नदिएकोले मधेसीहरु एक जुट हुन आग्रह समेत गर्नुभयो । 
उहाँले संबिधानमा निर्माणदेखि अहिले सम्म मधेसी जनतामाथि तीन ठुला दलले भेदभावको र त्यसको बिरोध गर्दा मधेसी जनता सहिद हुनु परेकोले सहिदको बलिदानीलाई बिर्सन नहुने बताउनुभयो । 
अध्यक्ष यादवले मधेसी एकता नभएसमम गैर मधेसीले फाइदा लिईरहेको उल्लेख गर्दै सबै मेधशीलाई एकजुट हुन आग्रह गर्नुभयो । 
उहाँले २ नं. प्रदेशमा मधेसी गठबनधनको सरकार बनाउनका लागि मधेसीलाई भोट दिन अपिल समेत गर्नुभयो ।
मंसिर २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यका लागि अध्यक्ष यादवले सप्तरी क्षेत्र नं. २ बाट उम्मेदवारी दिनुुभएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट