News Category 2074/07/22

बस दुर्घटनामा निधन र घाइते भएकाहरुलाई क्षतिपूर्ती उपलब्ध गराउन सरकारसँग माँग

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २१ कात्तिक । 
कात्तिक ११ गते राजविराजबाट काठमाडौं गइरहेको यात्रुबाहक बस त्रिशुली नदीमा खस्दा निधन तथा घाइते भएकाहरुको नेपाल सरकार र स्थानिय प्रशासनले उचित क्षतिपूर्तीका पहल नगरेको भन्दै मंगलबार जिल्लाका पाँच विभिन्न संस्थाहरुले सात बुँदे माग राख्दै स्थानिय प्रशासन समक्ष ज्ञापन पत्र बुझाएका छन् । 
उद्योग वाणिज्य संघ, सगरमाथा यतायात बस व्यबसायी संघ, पत्रकार महासंघ, नागरिक समाज, अन्तर पार्टी महिला संजाल र पूर्व कर्मचारी सेवा परिषद नेपाल, सप्तरीले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेमार्फत नेपाल सरकार एंव प्रधानमन्त्री समक्ष माग सम्बोधन गर्न ज्ञापन बुझाइएको हो । 
बुझाइएको ज्ञापनमा निधन तथा घाइते भएकाहरुप्रति उचित क्षतिपूर्तीका साथै समवेदना समेत  प्रकट नगरिएकोप्रति नेपाल सरकार र स्थानिय प्रशासनसँग गुनासो समेत गरिएको छ । ज्ञापनमा देशमा संचालित सवारी साधन एंव सवारी चालक तथा यात्री क्षामता सवारी बमोजिम निर्धारण ऐन नियममा ब्यबस्थित गर्नु पर्ने लगायतका माँग गरिएको छ । 
त्यस्तै ऐन नियम बमोजिम पालना भए नभए पालना गराउन नेपाल सरकारबाट ट्राफिक प्रहरी संचालन भएपनी दुर्घटना भएको बस बाटोमो कतै जाँच नगरिएको, बस चालकले मादक पदार्थ रक्सी सेवन गरी अत्यधीक वेगमा बस चलाएको पुष्टी भएबाट सरकारको समयन्त्रको हेलचक्राई रहेकोमा सरकारको समयन्त्रलाई ऐन नियम बमोजिम कार्यान्वयन गर्न जोडदार माग गरिएको छ । 
यसैगरि घाईते तथा पीडित भएका ब्यक्तिहरुको सवल एंव सुलभ नभएको कुरा बुझ्न आएबाट सो तर्पm सरकार उदासिन हुदा उक्त घाईतेहरुलाई सवारी ब्यबस्थापक (धनी) वा सरकारबाट उचित खर्च उपलब्ध रेखदेख एंव क्षतीपुर्ति उपलब्ध गरि गराई दिन अनुरोध गरिएको छ ।
त्यस्तै दुर्घटनामा परि दिवंगत हुनु भएका स्तवध परिवार हकदारले ऐन कानून बमोजिम सवारी धनी ब्यबस्थापक एंव इन्स्योन्स कम्पनिबाट पाउने क्रिया खर्च लागायत क्षतिपुर्ति उपलब्ध गराई दिनु हुन साथै सरकारको तर्फबाट प्रति ब्यक्ति दश लाखका दरले क्षतिपुर्ति उपलब्ध गराई दिन माँग गरिएको छ । यस्तै दुर्घटनामा परि दिवंगत भएका ब्यक्तिहरुको नाम ठेगाना उल्लेख गरि दुर्घटना स्थलमा शिलालेख राखी दिन अनुरोध समेत गरिएको छ ।
लापरवाहीपूर्वक बस चलाउने सम्बन्धीत दुर्घटना गराउने बस चालकलाई पक्राउ गरि कानून बमोजिम सजाय गरि पाउन कारवाही गर्न सम्बन्धीत निकायलाई निर्देशन दिन आग्रह गरिएको छ । 
सो ज्ञापनमा राजबिराजबाट ना ६ ख १४६६ को रात्रिबसबाट काठमाण्डौ सप्तरी लगायत सिरहाका यात्रुहरु लिएर गइरहेको अवस्थामा उक्त बस हेटौडाबाट सोही कम्पनीको काठमाण्डौबाट राजबिराज आईरहेको ना ६ ख १४६७ बस पुनः हेटौडा बाटै फरर्काई १४६६ को सम्पुर्ण यात्री उक्त बसमा चढाई काठमाण्डौ जाने क्रममा दुर्घटना भएको उल्लेख रहेको छ । उक्त दुर्घटनामा ३१ जनाको निधन भएको थियो भने १६ जना घाइते भएका छन्।  
बस चालकले मादक पदार्थ समेत सेवन गरी अत्यधीक वेगमा खराब बाटोमा लापरवाही साथ गाडी चलाएको जनाउँदै ज्ञापनमा बस त्रिशुली नदिमा खसेको विज्ञप्तिमा उल्लेख गर्दै सो घटनाबाट संस्था एंव स्थानीय तह लगायत राजनीतिककर्मी, समाजसेवी, बुद्धिजीवी, पत्रकार एंव सर्व साधारण अत्यन्त स्तब्ध र मर्माहीत भएको जनाइएको छ । 
उक्त दुर्घटना सम्बन्धमा र दुर्घटना पश्चात् नेपाल सरकार एंव सप्तरी जिल्ला प्रशासन कार्यालय समेत निस्कृय रहि उक्त दुर्घटनामा परी दिवंगत पार्थीव शरिरहरुको उद्धार र सम्बन्धीत ठाउँ एंव परिवारमा पुया¥उने, घाईते भएकालाई उपचार गर्ने तथा पीडित परिवारलाई उचित क्षतीपुर्ति समबेदना जस्ता क्रियाकलाप तर्फ निस्कृय रहेको आरोप लगाइएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट