News Category 2074/07/23

मधेशवादी दलमा देखिएको सामन्तवादी प्रवृत्तिलाई परास्त गर्न यादवको आग्रह

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २२ कात्तिक । 
आसन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचन नजिकिँदै गर्दा वाम गठबन्धनले आफ्नो चुनावी अभियानलाई तीव्रता दिएको छ ।
यसै क्रममा बामगठबन्धनद्वारा बुधबार स्थानिय पत्रकार महासंघको सभाकक्षमा अगुवा कार्यकर्ताको भेला गरी प्रचार प्रसार तथा प्रशिक्षण कार्यव्रmम सम्पन्न गरेको छ ।
प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री एवं प्रतिनिधि सभा क्षेत्र २ का उम्मेदवार उमेश यादवले वाम गठबन्धनद्वारा जारी घोषणापत्र तथा आफ्नो कार्यकालमा भएका विकास निर्माण कार्यको फेहरिस्त लिएर नगर र गाउँ गाउँमा पुग्न अगुवा कार्यकर्तासँग आग्रह गरे ।
उनले मधेशवादी दलमा देखिएको सामन्तवादी प्रवृत्तिलाई परास्त गर्न आसन्न निर्वाचन अवसर भएकाले यसको भरपुर सदुपयोग गर्न आग्रह समेत गरे । उनले जातपात र पेशाको बलमा मत बाँडिने र खरिद विव्रmी गर्ने कार्य पनि शुरु भएकोतर्पm सचेत गराउँदै भने, “आफ्नो मतको संरक्षण र जातपात तथा पैसाको बलमा मत खरीद विव्रmी गर्न खोज्ने तत्वबाट सावधान रही समग्र सप्तरीको विकासका लागि जनमत तयार गर्ने काममा युद्धस्तरमा खट्नुहोस् । 
कार्यव्रmममा सहभागीलाई पूर्व मन्त्री एवम् प्रतिनिधि सभा क्षेत्र नं. २ का उम्मेदवार उमेश यादव, प्रदेश सभा सदस्य २ को २ का उम्मेदवार महेश यादव, प्रचार प्रसार समितिका संयोजक सुखराम यादव, जिल्ला इन्चार्ज देवनाथ यादव लगायतकाले प्रशिक्षण दिएका थिए । सो प्रशिक्षणमा क्षेत्र भरका अगुवा कार्यकर्ताको उल्लेख्य सहभागिता थियो ।
यसअघि वाम गठबन्धनले बुधबार विहानै राजविराजदेखि पकरीसम्म मोटरसाइकल ¥याली गरी घरदैलो र चुनावी सभा लगायतका कार्यव्रmम सम्पन्न गरेको प्रचार प्रसार समितिका संयोजक सुखराम यादवले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट