News Category 2074/07/28

मधेशी दल वंशगत रुपमा राजनीतिक गरिरहेको पूर्वमन्त्री यादवको आरोप

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २७ कात्तिक । 
सप्तरी क्षेत्र नं. २ का बाम गठबन्धनका साँझा उम्मेदवार उमेश कुमार यादवले मधेशी वंशगत रुपमा राजनीति गरिरहेको आरोप लगाएका छन् । 
बाम गठबन्धनका उम्मेदवारहरुको सहभागितामा सोमबार राजविराजमा आयोजित क्षेत्रिय सभामा बोल्दै उम्मेदवार यादवले मधेशी दलका नेताहरु बाबु, छोरा, भाई, भतिजावादमै राजनीति गरिरहेको आरोप लगाउँदै उक्त दलले इमान्दार तथा पार्टीमा योगदान पु¥याएका नेता कार्यकर्ताहरुलाई अवमूल्यन गर्दै आइरहेको बताए । 
उनले पारिवारवाद दलमा इमान्दार कार्यकर्ताहरुको कुनै स्थान नरहेकोले बाम गठबन्धनका उम्मेदवारहरुलाई मतदान गरेर बिजयी बनाए त्यस्ता नातावाद पार्टी आफै औचित्यहीन भएर जाने उल्लेख गरे । 
उनले बामगठबन्धनले अबको निर्वाचनमा दुई तिहाई बहुमत ल्याउने दाबी गर्दै बाम गठबन्धनको सरकार बनेमा सम्पूर्ण मधेशी, उत्पीडित, शिल्पी, अल्पसंख्यकको अधिकार दिलाउने समेत जिकिर गरे ।   उनले आफू सिंचाई मन्त्री भएको बेला जिल्लामा उल्लेख्यीय विकास गरेको दाबी गर्दै विकासीय बजेट बढीभन्दा बढी ल्याएर काम गरेको बताए ।
नेकपा माओवादीको सशस्त्र आन्दोलनबाट मधेशी क्षेत्रीय दल जन्मेको उनले बताउँदै मधेशी, आदिवासी, मुस्लिमको मुखमा आवाज, माओवादी आन्दोलनबाट आएको यादवले कथन छ । 
सोही क्षेत्रका प्रदेशसभा २ का उम्मेदवार महेश प्रसाद यादवले पहाडी अहंकारवाद र मधेशी जमिन्दार देशको शोषण गरिरहेको र संविधान संशोधनमा वाधा पु¥याई रहेको यसको अन्त्य हुनु बाम गठबन्धन जिताउनु आवश्यक रहेको बताए ।
त्यस्तै नेकपा एमाले तर्फबाट समानुपातिक उम्मेदवार ममता चौधरीले मधेशी आन्दोलनमा निमुखा जनताहरुलाई सहादत गराएर मधेशी नेताहरु काठमाण्डौको आलिसान महलहरुमा मौज मस्ति गरिरहेको बताइन ।
बामगठबन्धनको चुनाव परिचालन समिति क्षेत्र नं. २ को आयोजनामा कोण सभामा वक्ताहरुले बाम गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउन आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट