News Category 2074/07/29

श्रीमानद्वारा आफ्नै श्रीमतिलाई धान काट्ने हँसिया प्रहार गरि हत्या

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २८ कात्तिक । 
सप्तरीको बोदेवरसाईन नगरपालिकास्थित गाउँराटोलमा मंगलबार दिउँसो एक श्रीमानले आफ्नै श्रीमतिलाई धान काट्ने हँसिया प्रहार गरि हत्या गरेका छन । 
बोदेवरसाईन नगरपालिका ३ निवासी जयप्रकार यादवले अन्दाजी ३८ बर्षीया श्रीमति ललिता देवी यादवको हसिया प्रहार गरि हत्या गरिएको इलाका प्रहरी कार्यालय बोदेवरसाईनका प्रहरी नायव निरिक्षक उमाशंकर स्ािँहले जानकारी दिएका छन् । 
श्रीमान श्रीमति दुवै जना घरदेखि पर धान खेतमा धान काटन गएकको बेला श्रीमानले श्रीमतिमाथि हसिया प्रहार गरि हत्या गरेको प्रहरी नायव निरिक्षक सिँहले बताउँदै हत्या कुन कारणले गरेको भन्ने बारे खुल्न नसकेको उनले जानकारी दिए । 
सो हसिया प्रहारबाट हत्या गरिएको ललिताको टाउको र धर छुटिएको अवस्थामा प्रहरीले शव फेला पारेको स्थानियबासीले जनाएको छ । 
यसैबिच हत्या गर्ने जयप्रकासलाई प्रहरीले नियन्त्रणमा लिएको र उनीको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । उनको भने दुई छोरा र एक छोरी छन ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट