News Category 2070/08/18

सप्तरी का“ग्रेस र एमालेमा नेता कार्यकर्ता निष्काशनको होडबाजी

दैनिक समाचारदाता

दैनिक संवाददात
राजविराज, १७ मंसिर । 
मंसिर ४ गते सम्पन्न दोश्रो संविधान सभा निर्वाचनको परिणामसँगै ठुला पार्टीमा नेता कार्यकर्ताहरुलाई निष्कासन गर्ने होडबाजी नै चलेको छ । निर्वाचनमा असहयोग गरेको भन्दै नेपाली काँग्रेस सप्तरी र नेकपा एमाले सप्तरीमा आफ्ना विभिन्न तहका नेता तथा कार्यकर्ताहरुलाई निष्काशन गर्ने होडबाजी चलेको छ ।  
चुनावमा असहयोग गरेको र अन्तर्घात गरेको आरोप लगाउँदै दुबै पार्टीले आफ्ना नेता तथा सक्रिय कार्यकर्तालाई कारवाही गर्ने सृख्ला नै चलाएको छ । 
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सप्तरी क्षेत्र नम्वर ३ वाट प्रत्यक्षतर्फका उमेदवार रामकुमार चौधरीको पहलमा यही मंसिर १४ गते वसेको क्षेत्रिय कमिटिको समिक्षा वैठकले क्षेत्रिय सभापति रामकुमार यादव सहितका ४ जनालाई कारवाही गरेको निर्णय सार्वजनिक भएपछि कांग्रेस भित्र एकअर्कालाई कारवाही गर्ने जुहारी नै सुरु भएको छ ।
चौधरीद्वारा सार्वजनिक गराईएको निर्णयमा ३ नम्वर क्षेत्रीय सभापति रामकुमार यादव, राजविराज नगर सभापति शम्भुलाल देव, महाधिवेसन प्रतिनिधी अजित मिश्र ‘पप्पु’ र समिर झालाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरीएपछि दुई पक्षविच कारवाहीको होड चलेको हो । क्षेत्रीय सभापति यादवले उक्त निर्णयको तत्कालै प्रतिकार गर्दै आफु लगायतका ४ जना कार्यकर्तालाई कारवाही गर्न सिफारिस गर्ने क्षेत्रिय कमिटिको निर्णय ककोलकल्पिकत र भ्रमपुर्ण रहेको आरोप लगाएका छन् । विद्यान विपरित निर्णय सार्वजनिक गराउने केन्द्रिय सदस्य रामकुमार चौधरीलाई नै कारवाही गर्नु पर्ने उहाँको माग छ । 
नेपाली कांग्रेस क्षेत्र नम्वर ३ को लेटरप्याडमा क्षेत्रिय सभापति यादव र राजविराज नगर सभापति शम्भुलाल देवले संयूक्त प्रेस विज्ञप्ति जारी गर्दै मंसिर १४ गते वोलाईएको समिक्षा वैठकमा मौखिक रुपमा विभिन्न मुद्धामा छलफल भएपनि कुनै पनि लिखित निर्णय नभएको तर सवैको उपस्थिती रहेको उक्त निर्णय पुस्तिका चौधरीले घर लगि आफुहरुलाई कारवाही गर्ने निर्णय लेखिएको आरोप लगाईएको छ ।
संगठनलाई आघात पुग्ने र वैठकमा उपस्थिती गराई घर लगेर निर्णय लेख्ने केन्द्रिय सदस्य रामकुमार चौधरीलाई कारवाहि गर्नु पर्ने उहाँहरुद्वारा जारी विज्ञप्तिमा माग गरिएको छ । यस विषयमा कांग्रेसका सप्तरी सभापति दिनेश यादवले समेत गतल काम गर्ने कार्यकर्तालाई कारवाहीको सिफारिस गर्न विधानले नै उमेदवारलाई अधिकार दिएको जनाएका छन् । 
‘विद्यान अनुसार गलत काम गर्ने कार्यकर्तालाई उमेदवारले अन द स्पोर्ट कारवाहीको सिफारीस गर्ने अधिकार छ’ यादवले भने–‘सोहि अनुसार भएको हुनसक्छ ।’ निर्णयको वोधार्थ जिल्ला कमिटिमा समेत पठाईएको आफुलाई जानकारीमा आएको भन्दै यादवले विधानले दिएको अधिकार प्रयोग गरी समिक्षा वैठकवाट कारवाही गरिएको हुनसक्ने वताउनुभयो । 
यस्तै चुनावको मतपरिणाम सार्वजनिक भए लगत्तै नेकपा एमाले सप्तरी क्षेत्र नम्वर १ मा राजनितिक हलचल सुरु भएको छ । चुनावमा असहयोग र अन्तर्घात गरेको आरोप लगाउदै गत मंसिर १० गते वसेको क्षेत्रीय कमिटिले प्रतिनिधी परिषद सदस्य उषा पोखरेल र  जिल्ला कमिटि सदस्य प्रकाश खतिवडालाईलाई साधारण सदस्य समेतवाट निस्कासन गर्न माथिल्ला निकायलाई सिफासिस समेत गरी सकेको क्षेत्रीय कमिटि अध्यक्ष वोधराज सुवेदीले जानकारी दिनुभयो । 
उनीहरुलाई कारवाही नगरे सामुहिक राजिनामा गर्ने धम्किपुर्ण निर्णय सार्वजनिक गरेको क्षेत्रिय कमिटिले पार्टिका माथिल्ला निकायलाई दवाव दिन गाउँ–गाउँमा हस्ताक्षर संकलन अभियान समेत सञ्चालन गरिरहेको उनले जानकारी दिनुभयो । 
एमाले जिल्ला कमिटि सप्तरीको सचिवालय वैठकले भने क्षेत्रीय कमिटिको निर्णयमाथि पुनर्विचार गर्दै सत्यतथ्य पत्ता लगाउन उपाध्यक्ष अब्दुल मजिद साकिरको संयोजकत्वमा ५ सदस्यीय छानविन आयोग गठन गरी प्रक्रिया अघि वढाएको छ । आयोगले दिएको प्रतिवेदनका आधारमा जिल्ला कमटिले आवश्यक निर्णय गर्ने एमाले सप्तरीका अध्यक्ष गोविन्द न्यौपानेले वताउनुभयो ।
यसैगरी, एमाले शम्भुनाथ गाउ कमिटिले समेत क्षेत्र नम्वर ५ का उम्मेदवार गोबिन्द न्यौपानेलाई  असहयोग गरेको भन्दै राष्ट्रिय सभाका पुर्व उपाध्यक्ष तथा केन्द्रिय सदस्य रामपृत पासवान, पुर्व संसद जगदीस साह र महेश चौधरीलाई कारवाहीको सिफारिस गरेको छ । आप्mनो उम्मेदवारलाई हराउन अन्य पार्टीका उमेदवारको पक्षमा भूमिका खेलको उनीहरु माथि आरोप लगाईएको एक कार्यकर्ताले जनाएका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट