News Category 2074/08/02

समन्वय समितिका लागि चार उम्मेदवारद्वारा मनोनयन फिर्ता दलित अल्पसंख्यमा फोरमका बाँतर निर्विरोध

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १ मंसिर । 
जिल्ला समन्वय समिति सप्तरीको ९ सदस्यीय कार्य समितिका लागि फोरम राजपा गठबन्धनसहितको बिहीबार परेको २१ जना जनाको मनोनयन मध्ये चार जनाले शुक्रबार उम्मेदवारी फिर्ता लिएका छन् । 
उम्मेदवारी फिर्ता लिएकाहरुमा उपप्रमुखमा एमालेबाट उम्मेदवारी दिएका संजयकुमार पासमान, सदस्य पदमा फोरमका नानु कुमार यादव, महिला सदस्यका फोरम लोकतान्त्रिका सुनितादेवी चौधरी थरुनी र दलित अल्पसंख्यकमा काँग्रेसबाट उम्मेदवारी परेका मानविर साफीले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । 
यता दलित अल्पसंख्यक सदस्यमा काँग्रेसका उम्मेदवारले मनोनयन फिर्ता लिएपछि फोरमबाट उम्मेदवारी दिएका बलदेव बाँतर स्वतः निर्विरोध निर्वाचित भएका छन् । 
मंसिर ७ गते हुने समन्वय समितिको निर्वाचनका लागि प्रमुख पदका लागि राजपाबाट प्रभाकर यादव र काँग्रेसबाट भुपेन्द्र नारायण यादवले मनोनयन दर्ता गराएका छन् । यस्तै उपप्रमुखका लागि फोरमबाट थानेश्वर यादव र काँग्रेसबाट संगिता कुमारी कर्णको उम्मेदवारी रहेको छ ।
त्यस्तै सदस्यका लागि फोरमबाट ओमप्रसाद यादव, सालिम मियाँको उम्मेदवारी परेको छ भने राजपाबाट मो. दाउद हुसेन, काँग्रेसबाट धर्मदेव यादव, बैद्यनाथ प्रसाद गुप्ता, रामसुन्दर मण्डल र एमालेबाट चित्र बहादुर मगरको उम्मेदवारी यथावत रहेको छ । 
त्यसैगरि महिला सदस्यका लागि काँग्रेसबाट असियादेवीवत्ति विश्वकर्मा, फोरमबाट आशादेवी झा, एमालेबाट केशरीदेवी यादव, राजपाबाट गिताकुमारी खंग, लक्ष्मीदेवी साफीको उम्मेदवारी रहेको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट