News Category 2074/08/02

लाखौंंको चोरी

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १ मंसिर । 
राजविराज नगरपालिका वडा नं. ५ मा बिहीबारराती लाखौ मुल्य बरावरको चोरी भएको छ । 
स्थानिय रामसेवक खड्गाको घरमा कोही नभएको मोका छोपेर चोरहरुले नगदसहित सुनचाँदीको गरगहना चोरी गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
उनको घरबाट १ लाख २० हजार नगद, ६ तोला सुन, ८० तोला चाँदीको गरगहना र २ थान मोवाइल चारी भएको पीडितले जिल्ला प्रहरी कार्यालयमा शुक्रबार दिएको निवेदनमा उल्लेख रहेको मुद्दा फाँटका प्रहरी निरिक्षक रामेश्वर पण्डितले बताउनुभयो । 
यसैबिच चोरी गरेको अशंकामा एक जनालाई प्रहरीले पक्राउ समेत गरेको छ  ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट