News Category 2074/08/02

गुटखाजन्य पदार्थको रोकथामका लागि हस्ताक्षर अभियान

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १ मंसिर ।
सप्तरी युथ नेपालले गुटखाजन्य पदार्थको प्रयोग गर्न युवाहरुको संख्या बढ्दै गएपछि यसको रोकथामका लागि अभियान सुरु गरेको छ । 
सप्तरी युथ नेपालले गुटखाजन्य पदार्थ बिक्री तथा प्रयोगबिरुद्व हस्ताक्षर संकलन अभियान शुरु गरेको हो । 
राजविराजको गजेन्द्र चोकमा आयोजित एक कार्यक्रमकाबीच राजविराज नगरपालिकाकी उपप्रमुख साधना झाले पहिले हस्ताक्षर गर्दै अभियानको प्रारम्भ गरिन् ।
उनले गुटखाजन्य पदार्थ चपाउनमा युवा शक्तिको संख्या बढिरहेको बताउँदै उनले यसलाई कमी ल्याउन नगरपालिकाले पनि पहल गर्ने बताइन् । उनले गुटखाजन्य पदार्थले व्यक्तिको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने भएकाले यसको बिक्री र प्रयोग बन्द गराउन नगरपालिकाले भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरिन् । 
‘हमर प्रतिज्ञा सभक सरोकार, खैनी गुटखामुक्त परिवार, युवा समर्पित स्थानीय सरकार’ भन्ने नारासहित सप्तरी युथ नेपालले गुटखाजन्य पदार्थको बिक्री र प्रयोगबिरुद्व हस्ताक्षर अभियान प्रारम्भ गरेको हो । 
हस्ताक्षर संकलन गरी प्रमुख जिल्ला अधिकारी तथा स्थानीय निकायका प्रमुखहरुलाई बुझाएर बिक्री र प्रयोग बन्द गराउन दवाव दिईने सप्तरी युथ नेपालका कोषाध्यक्ष बिष्णु यादवले बताए । 
सो अभियानका क्रममा नागरिक समाजका कावा अध्यक्ष थानसिंह भन्साली, राजविराज नगरपालिकाका पूर्व मेयर शैलेश चौधरीलगायतको सहभागिता रहेको थियो ।   

प्रतिकृया दिनुहोस

ताजा अपडेट