News Category 2074/08/04

आत्मरक्षा सम्बन्धी पाँच दिने तालिम

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ३ मंसिर ।
किशोरीहरुका लागि पाँच दिने आत्मरक्षा सम्बन्धी तालिम शुरु भएको छ । 
युकेएडको सहयोगमा सर्च फर कमन ग्राउण्डद्वारा सञ्चालित पहँुच परियोजना अन्र्तगत महिला तथा बालबालिका कार्यालय सप्तरीसँगको समन्वयमा परित्राण नामक संस्थाद्वारा तालिम आयोजना गरिएको हो । 
शनिबारदेखि संचालित सो आत्मरक्षा सम्बन्धी तालिममा सप्तरीको अर्नाहा, बोदेबर्साइन, पकरी, हरीहरपुर लगायत जिल्लाका विभिन्न भागबाट ५१ जना किशोरीहरुको सहभागिता रहेको छ । 
तालिमलाई सफल बनाउनका लागि पहुँच परियोजनाका स्थानीय साझेदार संस्थाहरु हुकोडन र सवल नेपालले समेत सहयोग गरिरहेको छ । 
बालिका तथा किशोरी यौन हिंसाको जोखिममा रहेको र यस्ता घटनाहरु एक पछि अर्को सार्वजनिक भई रहेको परिप्रेक्ष्यमा यस्ता घटनाबाट बच्न किशोरीहरुको क्षमता विकास गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ । 
तालिममा किशोरीहरुलाई हिंसा हुन सक्ने सम्भावित स्थान तथा परिवेशको विश्लेषण गर्न क्षतमा विकास गर्ने र सम्भावित अपराधीलाई बेलैमा पहिचान गर्नका लागि ज्ञान समेत अभिवृद्धि गरिनेछ । यसका साथै सावधानी अपनाउँदा अप्नाउँदै पनि हिंसा हुन सक्ने जोखिमपूर्ण अवस्थामा तत्काल प्रतिकार गरी आफ्नो सुरक्षागर्नका लागि सीप समेत सिकाइदै छ । 
तालिम कै क्रममा सहभागीहरुलाई जिल्ला प्रहरी कार्यालयसँग अन्तरक्रिया गराई कुनै समस्या परेमा सहज रुपमा प्रहरीको सहयोग लिनका लागि आत्मविश्वास बढाउने योजना समेत रहेको छ । यस तालिममा सहभागी ५१ जनाकिशोरीहरु मार्फत अन्य धेरै किशोरीमा यौन जन्य हिंसाबाट बच्नका लागि ज्ञान र सीप प्रसार भई किशोरीहरु आफूलाई कमजोर ठान्ने भन्दा पनि आत्मविश्वासका साथ हिंसाबाट लड्न सक्ने विश्वास आयोजकको रहेको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट