News Category 2074/08/06

चुनाव पश्चात् राजपा फोरम पार्टीबीच एकता ः अध्यक्ष यादव

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ५ मंसिर ।
सघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी नेपालसँगको चुनावी तालमेल मधेसी जनताको अधिकार प्राप्तिका लागि भएको बताउँदै चुनावी तालमेलको सफलता पश्चात् पार्टीगत एकता अगाडी बढ्ने बताएका छन् । 
अध्यक्ष यादवले मंगलबार राजविराजमा संचारकर्मीसँग कुाराकानी गर्दै भने, “यो चुनावी तालमेल सुरुवात हो, यसले राम्रो संकेत दिएको छ र यो बिस्तारै मधेसी एकताको लागि उदाहरणीय बन्नेछ ।”
सप्तरी प्रतिनिधि सभा क्षेत्र नं. २ का उम्मेदवार समेत रहेको अध्यक्ष यादवले संबिधान सशोधन, मधेसीको पहिचान, अधिकार र राज्यमा मधेसीको सहभागिताको लागि प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा आप्mनो पार्टीले चुनावी तालमेल गरेको र तालमेल सफल हुने दावी समेत गरे । 
उनले मधेसीको अधिकार प्राप्ति नभएसम्म मधेसीको लडाई समाप्त नहुने बताउदै मधेसी गठबन्धनले बहुमत प्राप्त गरेमा मधेसीको अधिकार सुनिश्चित हुने बिश्वास ब्यक्त गरे । 
उनले काग्रेस, एमाले र माओवादीले जति मिठो भाषण र आश्वासन दिएपनि त्यो मधेसी हितमा नभएको आरोप लगाए । उनले राज्यमा सबै भन्दा बढी कर तिर्ने मधेसमा सरकारी लगानी अत्यन्त कम भएको र भेदभाव रहेकोले आप्mनो बहुमत आए राज्यको लगानी बढाउने, शिक्षा, स्वास्थ्य र रोजगारीको बतावरण बनाउने प्रतिद्धता समेत व्यक्त गरे ।
उनले उद्योगधन्दाका लागि स्वदेशी तथा बिदेशी लगानी बृद्धि गर्ने कृषि उद्योगमा जोड दिने उल्लेख गरे । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट