News Category 2074/08/06

चोरी गरेको आरोपमा एक महिलासहित तीन पक्राउ

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ५ मंसिर ।
राजविराज नगरपालिका २ बस्ने अमरेन्द्र कुमार देवको घरमा चोरी गरेको आरोपमा एक महिलासहित तीन जनालाई मंगलबार प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । 
राजविराजस्थित जिल्ला प्रहरी कार्यालय सप्तरीमा आयोजित पत्रकार सम्मेलनमा एक सता अगाडी  देवका सम्पुर्ण परिवार काम विशेषले घर भन्दा बाहिर गएको बेला सोहि घरमा कोठा भाडामा लिई बसेका भाडेदार महादेवा गाउँपालिका १ घर भएका ३६ बर्षीय  मो. कुर्वान, निजको श्रीमती रिता पासवान खातुन र राजविराज नगरपालिका ११ बस्ने अबध रामसहितकाले घर धनी बस्ने मुल ढोकाको चुकुल कब्जा काटेर चोरी गरेको प्रहरी नायव उपरिक्षक धुव्र कुमार श्रेष्ठले बताए ।
अमरेन्द्रकी श्रीमति शोभा कुमारी देवले जिल्ला प्रहरी कार्यालयमा दिएको उजूरीको आधारमा अनुसन्धनको क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 
पक्राउ परेका उनीहरुले घरमा प्रवेश गरी स्टिल दराजको  ताल्चा तोडेर  दराज भित्र रहेका सुन, चाँदी, नगद, २ थान मोवाइल, लत्ता कपडा, लगायत १३ लाख ६९ हजार मुल्यबराबरको सर समान चोरी गरेको प्रहरी नायव उपरिक्षक श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिए । 
सुनको आधा आनाको नथिया, ८४ तोला चाँदी र विभिन्न किसिमका गरगहना, लत्ताकपडा सहित उनीहरुलाई फेला पारेपछि उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीको भनाई रहेको छ । 
यता  पक्राउ परेका तिनै जना बिरुद्ध चोरी मुद्दामा म्याद थप गरि अनुसन्धान कार्य थालिएको प्रहरी नायव उपरिक्षक श्रेष्ठले भने ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट