News Category 2074/08/06

विक्षिप्त अवस्थामा महिलाको शव फेला

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ५ मंसिर ।
सप्तरीको हनुमानगर कंकालनी नगरपालिका– ५ स्थित कोशी पलारमा हातखुट्टा, शरीर र टाउको छुट्टाछुट्टै ठाउँमा काटिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । 
जिल्लाको कोशी पलारको झाडीमा दुवै हात, दुबै खुट्टा र टाउको समेत काटिएको र बोरामा बाँधिएको अवस्थामा मंगलबार शव फेला परेको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । 
अन्दाजी ३० ÷३५ वर्षकी ती महिलाको पहिचान हुन नसकेको र यस बारेमा तीव्ररुपमा अनुसन्धान भइरहेको उनले बताए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट