News Category 2074/08/08

जिल्ला समन्वय समिति सप्तरीमा राजपा फोरम गठबन्धनको प्यानल बिजयी

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ७ मंसिर । 
जिल्ला समन्वय समिति सप्तरीमा राजपा फोरम गठबन्धनको प्यानल बिजयी भएको छ । बिहीबार सम्पन्न निर्वाचनमा राजपा फोरम गठबन्धनका तर्फबाट प्रमुख पदमा राजपाका प्रभाकर यादव बिजयी भएका छन । उनले २० मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी काँग्रेसका भुपेन्द्र नारायण यादवले १६ मत ल्याए । 
त्यस्तै उपप्रमुखमा फोरमका थानेश्वर यादवले २०, महिला सदस्यमा राजपाकी लक्ष्मी देवी साफी २१, गीता कुमारी खंग २०, संघीय समाजवादीकी आशा देवी झा १८, मोहम्मद दाउद हुसेन १७, सलिम मियाँ १६ र फोरमका आम प्रसाद यादव १७ मत ल्याएर विजय भएका छन् । 
यसअघि दलित अल्पसंख्यक सदस्यमा काँग्रेसका उम्मेदवारले मनोनयन फिर्ता लिएपछि फोरमबाट उम्मेदवारी दिएका बलदेव बाँतर निर्विरोध निर्वाचित भएका थिए । 
सप्तरीको १८ स्थानिय तह मध्ये ९ गाउँपालिका र ९ नगरपालिका रहेका छने । जसमा ११ राजपा र ९ फोरमका प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष बिजयी भएका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट