News Category 2074/08/08

मधेश गठबन्धनको संयुक्त सभा भोली राजविराजमा हुने

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ७ मंसिर । 
राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले दुई नम्बर प्रदेशलाई केन्द्रित गर्दै संयुक्त आमसभा गर्ने भएको छ ।
यी दुवै दलले मंसिर ९ गते सप्तरीको राजविराजस्थित शिव मन्दिरको प्राङ्गनमा संयुक्त आमसभा गर्ने भएको छ । 
उक्त संयुक्त सभालाई फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, राजपाका संयोजक महन्थ ठाकुर तथा राजेन्द्र महतोले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यस्तै मंसिर १६ गते जनकपुरमा वृहत सभाको हुनेछ । 
सो संयुक्त सभालाई पनि महन्थ ठाकुर, राजेन्द्र महतो र उपेन्द्र यादवले सम्बोधन गर्ने छन् । राजविराज र जनकपुर बाहेक बिरगंज, गौर, मलंगवा, जलेश्वर र लहानमा पनि संयुक्त सभाको आयोजना गरि शिर्ष नेताहरुद्वारा सम्बोधन गर्ने तयारी भई रहेको छ ।
राजपा नेपाल र फोरम नेपालले दुई नम्बर प्रदेशमा मधेश गठबन्धन बनाई संयुक्त रुपमा चुनाव लड्दै छन् । यता सप्तरीको प्रतिनिधिसभा क्षेत्र नं. २ मा फोरम अध्यक्ष उपेन्द्र चुनावी मैदानमा छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट