News Category 2074/08/13

विप्लवका दुई जना कार्यकर्ता रिमोट कन्ट्रोल बम र एकजना हतियारसहित पक्राउ

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १२ मंसिर । 
मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई मध्यनजर गर्दै चुनाव बिरोधी समूहले सप्तरीमा त्रासको वातावरण सृजना गर्न लागिपरेका छन् । 
यसैबीच सप्तरी प्रहरीले तीन जना त्यस्ता व्यक्तिहरुलाई पक्राउ गरेको छ । जसमा दुई जना विप्लव समूहका रहेका छन् । 
यता सप्तरीको विष्णुपुर गाउँपालिकास्थित बरही नहर छेउछाउबाट मंगलबार बिहान प्रहरीले रिमोट बमसहित दुई जनालाई विप्लवका कार्यकर्तालाई पक्राउ गरेको छ । 
प्रहरीको गस्ति टोलीले मंगलबार बिहान नहर चौकमा शंका लागेका दुईजनालाई खानतलासी गर्दा उनीहरुको सातबाट रिमोट कन्ट्रोल फेलापरेपछि अनुसन्धानका क्रममा सो बम फेला परेको हो । 
सप्तरीका प्रहरी प्रमुख मुकेश सिंहका अनुसार रिमोटसहित पक्राउ परेको दुबैलाई चार घण्टाको अनुसन्धानपछि बम नहर छेउछाउमा राखेको आधारमा प्रहरीले सो स्थानमा खोजतलास गर्दा उक्त बम फेला परेको हो । यता पक्राउ परेका व्यक्तिहरु विप्लव समूहको रहेको र उनीहरुले अन्य स्थानमा समेत बम राखेको हुन सक्ने प्रहरी उपरिक्षक सिंहले जानकारी दिनुभयो । फेला परेको सो बमलाई नेपाली सेनाको टोलीले निस्कृय पारेको छ । 
यस्तै सोमबारराती प्रहरीले तिलाठी कोइलाडी गाउँपालिका १ स्थित सकरपुराबाट एक जना व्यक्तिलाई हतियारसहित पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा प्रहरीले स्थानिय एक घरको गाइगोठमा बसिरहेको अवस्थामा प्रहरीले छापा मारि एक थान नलकटुवा पेस्तोल र सोमा लोड गरिएको एक थान गोली र बाहिर रहेको दुई थान गोलीसहित पक्राउ गरेको जनाएको छ । 
यता पक्राउ परेका व्यक्तिलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ भने रिमोटसहित पक्राउ परेका दुई गरि तीनै जनालाई प्रहरीले सोधपुछ गरिरहेको प्रहरी प्रमुख सिंहले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट