News Category 2074/08/16

काँग्रेसी चुनावी सभामा बाम गठबन्धनका नेताद्वारा सम्बोधन

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १६ मंसिर । 
        सप्तरीको प्रतिनिधि सभा क्षेत्र नं. १ को प्रदेशसभा १ मा काँग्रेसको चुनावी भेलामा बाम गठबन्धनका नेताहरु समेत देखिएका छन् । 
श्रोतका अनुसार सो प्रदेशसभा क्षेत्रमा शुक्रबार सम्पन्न काँग्रेसका तर्फबाट उम्मेदवार बनेका डा. सुबोध पोखरेलको चुनावी भेलामा बाम गठबन्धनकातर्फबाट एमाले नेता विश्वनाथ न्यैपानेले सभालाई सम्बोधन गरेका थिए । 
त्यस्तै सोही भेलामा बामगठबन्धनबाट असन्तुष्ट भएर स्वतन्त्र उम्मेदवारी दिएका प्रकाश खतिवडा समेतको सहभागिता रहेको छ । सो सभामा त्यस क्षेत्रका अधिकांश काँग्रेस र बाम गठबन्धनका नेताहरुको उपस्थिति रहेको थियो । 
यद्दपी सो प्रदेश सभा क्षेत्रमा बाम गठबन्धनका तर्फबाट नेकपा एमाले प्रदेश नं. २ का इन्चार्ज सत्यनारायण मण्डल उम्मेदवार  छन् ।
उनको उम्मेवारी रहेपनि बाम गठबन्धनका नेताहरुले खुलेआम काँग्रेसका उम्मेदवारलाई समर्थन गरेर गरिएको चुनावी सभामा उपस्थित जनाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 
यता सोही प्रदेश सभा क्षेत्रमा मधेश गठबन्धनका तर्फबाट राजपाका महासचिव राजकुमार लेखी चुनावी प्रतिष्पर्धामा छन् । स्थानीयका अनुसार उक्त प्रदेशसभा क्षेत्रमा लेखी र काँग्रेसका पोखरेलबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट