News Category 2074/08/17

मधेशीको अधिकारदेखी संविधान संशोधन र विकास पहिलो प्राथमिकता ः उपेन्द्र यादव

दैनिक समाचारदाता

राजबिराज÷सप्तरी प्रतिनिधिसभा क्षेत्र नम्वर २ का उम्मेदवार तथा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरीका जनताको भावना र चाहना बमोजिम आफु सप्तरी आएको बताएका छन् ।
राजबिराज नगरपालिका वडा ११ झल्ही फर्सैठमा शनिबार आयोजित कार्यक्रम बोल्दै यादबले मधेशीको अधिकार सम्पन्न बनाउनेदेखी लिएर संविधान संसोधन गराउने र बिकासलाई पहिलो प्राथमिकमा राखेको जिकिर गरे ।
उनले जिल्लाको बिकास निर्माणलाई अगाडि बढाउन, जनताको अधिकार सम्पन्न बनाउन, शान्ती र समृद्धतर्फ लैजानका लागि मधेश गठबन्धनलाई भोट हाल्न मतदातासँंग आग्रह समेत गरे ।
मधेशीको हक अधिकारका लागी संविधान संशोधन आवश्यक भएकोले निर्वाचनमा बिजय बनाई पहिचान सहितको अधिकार सम्पन्न बनाउन बहुमतवाट मधेश गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे ।
उनले अरूले सप्तरीमा के गरेका छन, सप्तरी जिल्ला ५० औ बर्षदेखि पछाडी परेको छ, जनता यसलाई अगाडि बढेको देख्न चाहेको बताए । उनले प्राप्त उपलब्धी जोगाउन र विभेद असमानता, भेदभाव, उपेक्षालाई अन्त गरि परिवर्तन मुलुकको लागि खाचौ रहेकोले आरिधक, उन्नती, बिकासवाट गरिबी, बेरोजगारी अभाव ग्रस्त जिवनवाट मुक्ति पाउन लागी अभियानमा जनतालाई साथ दिन आग्रह गरे ।
सो घरदैलो अभियानमा क्षेत्र २ का प्रदेशसभा २ का उम्मेद्वार तथा राजपा महासचिव मनिष सुमनले संघियताको सिमांकन हेरफेर गरेर मधेशी जनताको मैत्री संविधान बनाउन आफु क्रियाशिल हुने बताए । उनले आममतदातासँग भने, “आफु जितेमा गजेन्द्र नारायण सिँह अंचल अस्पताललाई साचै अस्पताल बनाउन, गजेन्द्र नारायण सिँह अद्योगिक क्षेत्रलाई फुलफेजमा सुचारू गराउने र यसवाट ८० प्रतिशत बेरोजगारीको समस्याको समाधानसँगै सप्तरीको समग्र बिकासमा सहयोग पु¥याउने छु ।”
सप्तरीको शिक्षामा देखिएको चिटचोरी गर्ने परिपाटी, चोरीमा छुट पाउनु पर्छ भन्ने कुसंस्कृतीलाई मुक्त गराई गुणस्तरीय शिक्षामा बिकास गर्ने आफु लाग्ने प्रतिबद्धता ब्यक्त गरे ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट