News Category 2070/08/21

कुटपिट गरी घरनिकाला गरेको भन्दै एक महिलाद्वारा उजुरी दत्र्ता

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, २० मंसिर । 
सप्तरीको मलेकपुर गाविस–६ की एक महिलाले परिवारजनद्वारा कुटपिट गरि घर निकाला गरेको उजुरी दिएकी छिन् । 
मलेकपुर गाविस–६ निवासी ३२ वर्षीया शान्तिदेवी ठाकुरले परिवारका सदस्यहरु मिलेर कुटपिट गरी घरनिकाला गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।
आफ्ना पति ३७ वर्षीय योगेन्द्रप्रसाद ठाकुरलगायत जेठाजुहरु ४१ वर्षीय प्रभुनारायण ठाकुर, ३९ वर्षीय इन्दल भन्ने इन्द्रनारायण ठाकुर, जेठानीहरु भुलरदेवी ठाकुर, कबुतरीदेबी ठाकुर र भतिजाहरु रवीन, देवेस र कर्णले कुटपिट गर्दै घरनिकाला गरेको शान्तिद्वारा दिएको उजुरीमा उल्लेख गरिएको छ । पीडितले आफ्ना दुई छोराको उचित शिक्षाका लागि पतिलाई सैलुनको काम गर्नभन्दा पतिसहित परिवारका सदस्य मिलेर घरनजिकै रहेको पोखरीमा डुबाउँदै पिटेको बताइन् ।
छिमेकीको सहयोगमा सदरमुकाम आएकी पीडितको राजविराज नगरपालिका–३ स्थित अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट