News Category 2074/08/18

सप्तरी पछाडी पर्नुमा राज्य दोषि ः उपेन्द्र यादव

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १८ मंसिर । 
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं प्रतिनिधिसभा सप्तरी क्षेत्र नं. २ का उम्मेदवार उपेन्द्र यादवले सप्तरी जिल्ला पछाडी पारिनुमा राज्य नै दोषि रहेको दाबी गर्नुभएको छ । 
संघीय प्रेस फोरम सप्तरीद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले चुनावमा आफ्नो जित सुनिश्चत रहेको भन्दै राज्यद्वारा उपेक्षित सप्तरी जिल्लालाई विकास गर्ने पालो अब आफ्नो काँधमा आएको बताउनुभयो । 
उहाँले प्रदेश २ मा मधेसी गठबन्धनको बहुमत आउने दाबी गर्दै प्रतिनिधिसभामा पनि मधेश गठबन्धनको सम्मानजनक स्थान आउने विश्वास व्यक्त गर्नुभयो । 
अध्यक्ष यादवले आफु जन्मेको जिल्लामा चुनावी प्रचार प्रसार गर्न जाँदा जिल्लाको अवस्था अत्यन्त जर्जर देखेकोले अब सप्तरीलाई समृद्ध बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित हुने बताउनुभयो ।
उहाँले सप्तरी सदरमुकाम राजविराजसँग टाँसिएको छिमेकी मुलुक भारतको सडक ६ लेनको रहेकोले राजविराजको सडक चार लेनको भए सडकसँगै यहाँको विकास तीब्र गतिमा हुने विश्वास व्यक्त गर्नुभयो । 
राज्यले जिल्लामा लगानी गर्न नचाहेका कारण पछि परेको बताउँदै उहाँले भएको सम्भावनालाई पनि उपयोग नगरिँदा विकास हुन नसकेको आरोप लगाउनुभयो । उहाँले जिल्लामा साधान श्रोत निकै रहेकोले सोही साधन श्रोतहरुलाई उपयोग गरेर जिल्लाको विकासका सम्भावनाहरुसँगै आफू अघि बढ्ने प्रतिबद्धता व्यक्र गर्नुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट