News Category 2074/08/20

उम्मेदवारमाथि अज्ञात समूहद्वारा छुरा प्रहार

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १९ मंसिर । 
अज्ञात समूहले सोमबारराति सप्तरीको बलान बिहुल गाउँपालिकास्थित बिहुल नदीको किनारामा एक उम्मेदवारमाथि छुरा प्रहार गरेको छ । 
उक्त गाउँपालिकाको कमलदहाबाट घरदैलो सकेर फर्किने क्रममा राति करिब १० बजेतिर नेपाल संघीय समाजवादी पार्टीका तर्फबाट सप्तरी क्षेत्र नं ४ को प्रदेशसभा २ का उम्मेदवार बनेका मो सहमुद अलीमाथि छुरा प्रहार भएको हो । 
छुरा प्रहारबाट उम्मेदवार अलीको टाउको र हातमा काटिएकाले स्थानीय क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घरदैलो कार्यक्रमपछि मोटरसाइकलबाट घर फर्किने क्रममा पछाडिबाट दुईवटा मोटरसाइकलमा आएका तीन जनाको समूहले मोटरसाइकल रोक्न लगाएर आफूमाथि छुरा प्रहार गरेको उम्मेदवार अलीले बताए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट