News Category 2074/08/22

आधारभूत विद्यालय मतदान केन्द्र महदेवामा शुन्य मतदान

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २१ मंसिर ।
सप्तरीको प्रतिनिधिसभा क्षेत्र नं. २ को महदेवा गाउँपालिकास्थित आधारभुत विद्यालय मतदान केन्द्रमा विहीबार एक जना पनि मतदाताले मतदान गरेनन् । 
५ सय ४५ पुरुष र ४ सय १५ महिला गरि ९ सय ६० मतदाता रहेको उक्त मतदान केन्द्रमा बिहीबार बिहान ७ बजेदेखी मतदान गराउन कर्मचारी उपस्थिति रहेपनि साँझ ५ बजेसम्म एक जनाले पनि मतदान गर्न नआएको मतदान अधिकृत धनेश्वर साहले जानकारी दिए । 
स्थानियका अनुसार वर्षौदेखी यस क्षेत्र विकासबाट टाढा रहेको तथा जसले जिते पनि कसैले विकास नगरेको भन्दै मतदान नगर्ने निर्णय गरिएको जनाएका छन् । स्थानियहरुले सामूहिक रुपमा मतदान नगर्ने  निर्णय गरेको जनाएका छन् । 
यद्दपी यो गाउँमा स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सिके राउतको घर पर्दछ । सोही कारण डा. राउतको सम्मानका लागि स्थानियहरुले मत नखसालेको श्रोतको दाबी छ । यस अघि २०६४ सालको संविधानसभा निर्वाचनको समयमा पनि सप्तरीको त्रिकौल गाविसमा समेत एउटा पनि मत खसेको थिएन् । सो गाविस जयकृष्ण गोइतको गाविस पर्दछ ।
यसैबीच स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सिके राउतलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार राउतलाई जनकपुरको माछाबजारबाट बिहान ९ः३० बजे पक्राउ गरिएको हो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनविरूद्ध अभियानको आरोपमा राउतलाई पक्राउ गरिएको बताइएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट