News Category 2070/03/02

ट्रकको ठक्करबाट आमाछोराको मृत्यु

दैनिक समाचारदाता

राजविराज÷पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको पन्सेरा गाविस ७ स्थित सडक खण्डमा शनिबार बिहान भएको सडक दुर्घटनामा एक जना सात महिनाका बालकसहित दुई जनाको मृत्यु भएको छ । मृत्यु हुने आमा छोरा हुन भने पिता गम्भीर घाइते भएका छन् ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ना.२ख ६९६४ नम्बरको मालबाहक ट्रकले ठक्कर दिदां उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा परी सिरहाको गोबिन्दपुर गाविस ७ निवासी मोहम्द उमरकी श्रीमति रुक्साना खातुन र ७ महिने छोरा सोहेलको मृत्यु भएको हो । स.३प. ६५२१ नम्बरको मोटरसाइकल चलाइरहेका उमर गम्भीर घाइते भएका छन् ।
गम्भीर घाइते भएका उमरको उपचारका लागि सिरहाको लहान लगिएको छ ।
ठक्कर दिने ट्रक तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट