News Category 2070/08/22

गहु“को बिऊ समयमा उपलब्ध नहु“दा किसान मर्कामा

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, २१ मंसिर । 
समयमा गहुँको बिऊ उपलब्ध नहुँदा सप्तरीका किसानहरु मार्कामा परेका छन् । जिल्ला कृषि विकास कार्यालय सप्तरीले जिल्लामा चाहिने आवश्यक बिऊको आपूर्ति गर्न नसक्दा किसानहरु मर्कामा परेको बताएका छन् । 
दुई दिनअघि कृषि कार्यालयमा नागरिकताको प्रतिलिपी दिएर नाम दर्ता गराए पनि हालसम्म बिऊ उपलब्ध नभएको लालापट्टी गाविसका किसान रमेश यादवले बताएका छन् । 
गहुँको बिऊ नपाएर अहिले किसानहरु चिन्तित बनेका छन् । अनुदानमा आएको बिऊ बाहेक बजारमा खरीद गर्न जाँदा दोब्बर रकम तिर्नु परेको खड्गपुरका किसान रामदेव यादवले बताए । यता किसानहरुले बिऊको कालोबजारी भइरहेको भन्दै ती बिऊ छिमेकी मुलुक भारत ढुवानी भइरेहको आरोप समेत लगाएका छन् । 
सदरमुकाम राजविराजमा मात्र एक दर्जन खाद्य पसलहरुले गहुँको बिऊ दोब्बर मूल्यमा कालोबजारी गरि बिक्रि गरिरहेका किसानहरुको आरोप छ ।  
हाल गहुँको बिऊ ३५ प्रतिशत अनुदानमा प्रति किलो ३६ रुँपैया ४० पैसा र ढुवानी खर्च जोडर रकम लिने गरेको कृषि कार्यालय सप्तरीले जनाएको छ । थोरै मात्रामा बिऊ आएको भन्दै प्रति व्यक्ति २० किलोको दरले बिक्रि गरिरहेको सो कार्यालयले जनाएको छ । 
जिल्ला कृषि विकास कार्यालयका प्रमुख रामचन्द्र यादवले राष्ट्रिय बिऊ बिजन कम्पनी क्षेत्रिय कार्यालय हेटौडाले जिल्लामा १ सय २५ मेट्रिक टन गहुँको बिऊ ३५ प्रतिशत अनुदानमा उपलब्ध गराएको जानकारी दिनुभयो । 
उहाँले जिल्लामा १ हजार मेट्रिक टन गहुँको बिऊको माग रहेकोमा थोरै मात्रामा आएको बिऊलाई थारै थारै गरेर पनि किसानहरुलाई सरल तरिकाबाट बिक्रि गरिरहेको बताउनुभयो । 
यता राष्ट्रिय बिऊ बिजन कम्पनी क्षेत्रिय कार्यालय इटहरीले सप्तरीका २१ वटा डिलर्सहरुलाई ७५ मेट्रिक टन बिऊ पठाएको तर सो सम्बन्धमा कृषि कार्यालयलाई कुनै लिखित जानकारी नआएको प्रमुख यादवले बताउनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट