News Category 2074/08/22

चारजना मतदान गर्नबाट बञ्चित

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २१ मंसिर ।
राजविराज नगरपालिका २ राजदेवी प्रावि मतदान केन्द्रमा बिहीबार चार जना मतदाताले मतदान गर्नबाट बञ्चित भएका छन् । 
स्थानिय निर्वाचनमा मतदान गरेका व्यक्तिहरु समेतले बिहीबार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका मतदान गर्नबाट बञ्चित भएक हुन् ।  
परिचय पत्र बोकेर मत खसाल्न आएका राजविराज ९ निवासी अमरनाथ लाल कर्णले मतदाता नामावलिमा आफ्नो नाम नभेटिएको बताए । उनको आफ्नो नाम कुन कारणले समावेश नभएको सम्बन्धमा सम्पूर्ण सम्बन्धित निकायका पदाधिकारीसँग सम्पर्क गर्दा समेत कुनै उपलब्धि हासिल नभएकोमा दुखेसोको पोखे । 
यस्तै उक्त मतदान केन्द्रमा अन्य तीन जनाले समेत मतदान गर्नबाट बञ्चित भएका छन् । यता प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवको समेत यही मतदान केन्द्रमा रहेपनि उनी मत खसाल्न नआएको मतदान अधिकृत इश्वर भण्डारीले जानकारी दिएका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट