News Category 2074/08/21

निर्वाचनको तयारी पुरा

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २० मंसिर । 
आज हुन गइरहेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको छ । 
मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुंगानाले मतदान अधिकृत, सहायक अधिकृत, कर्मचारी, प्रहरी तथा मतपत्र, मतपेटिका तथा निर्वाचनमा प्रयोग हुने सम्पूर्ण सामाग्रिहरु २ सय ९५ मतदानस्थलमा पुगिसकेको जानकारी दिएका छन् ।
यस्तै मतदानस्थलमा पुरुष तथा महिला मतदाताको छुट्टाछुट्टै लाम तथा अपाङ्गतायुक्त, अशक्त र ज्येष्ठ मतदातालाई सहज तरिकाले मतदान गर्ने व्यवस्थासमेत मिलाइएको उनले बताए । 
यता जिल्ला निर्वाचन कार्यालयका अनुसार स्थानिय तहमा परिचय पत्र लिइसकेका मतदाताहरुका लागि सोही परिचयको आधारमा मत खसाल्ने सकिने तथा नयाँ मतदाता र परिचयपत्र लिन छुटेका मतदाताहरुले परिचय पत्र मतदान स्थलबाट लिन सकिने जनाएको छ । 
प्रतिनिधि र प्रदेशसभाका लागि सप्तरीमा ३ लाख ४६ हजार २ सय १४ मतदाता रहेका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट