News Category 2074/08/23

सप्तरीमा पुरुष भन्दा बढी महिलाले मतदान गरे

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २२ मंसिर । 
मंसिर २१ सम्पन्न दोश्रो चरणको प्रतिनिधि र प्रदेशसभामा सप्तरीमा ३ लाख ४६ हजार २ सय १४ मध्ये २ लाख ३८ हजार २ सय ५१ मतदाताले मत खसालेका छन् । 
४मुख्य निर्वाचन अधिकृतको कार्यालय सप्तरीले दिएको जानकारी अनुसार ६८ दशमलव ८२ प्रतिशत मतदान भएको हो । यस मतदानमा १ लाख ११ हजार ७ सय ७० पुरुष र १ लाख २६ हजार ४ सय ६६ महिलाले मतदान गरेका हुन् । 
यसरी हेर्दा सप्तरीमा पुरुष भन्दा १४ हजार ६ सय ९६ जना महिलाले बढी मतदान गरेका हुन् । 
सप्तरी क्षेत्र नं. १ मा कुल ९४ हजार ९ सय २० मतदाता रहेकोमा ६४ हजार २ सय १९ अर्थात ६७ दशमलव ६५ प्रतिशत मत खसेको छ । त्यस्तै क्षेत्र नं. २ मा ८९ हजार २ सय ६३ मतदाता रहेकोमा ५२ हजार ५ सय ३२ मत अर्थात ६६ दशमलव २६ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 
जिल्लाको क्षेत्र नं. ३ मा ८५ हजार ४ सय ८९ मतदाता रहेकोमा ६० हजार ४ सय ७१ मत अर्थात ७० दशमलव ७३ मत र ८६ हजार ५ सय ४२ मतदाता रहेको जिल्लाको क्षेत्र नं. ४ मा ६१ हजार ३९ अर्थात ७० दशमलव ५३ मत सखेको उक्त कार्यालयले जानकारी दिएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट