News Category 2074/08/24

उम्मेदवार उमेश यादवद्वारा निर्वाचित उम्मेदवारलाई बधाई

दैनिक समाचारदाता

राजविराज÷प्रतिनिधि सभा सदस्य सप्तरी क्षेत्र नं. २ का उम्मेदवार उमेशकुमार यादवले मंसिर २१ गते सम्पन्न दोश्रो चरणको प्रतिनिधि सभा सदस्य निर्वाचनमा सप्तरी क्षेत्र नं. २ वाट विजयी उम्मेवदारलाई वधाई तथा शुभकामना ब्यक्त गरेका छन् । 
यादवले शनिबार एक प्रेस विज्ञप्ति जारि गर्दै ऐतिहासिक घडिमा मतदान गर्ने मतदाता तथा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने शुभचिन्तकलाई धन्यवाद ज्ञापन गरेका छन् । 
लामो संघर्ष र वलिदानी पछि मुलुकले संविधान सभा मार्फत संविधान पाएको भन्दै जारि विज्ञप्तिमा भनिएको छ, “संविधानमा केहि असन्तुष्टि स्वभाविक हो, नेकपा माओवादी केन्द्रले पनि फरक मत सहित संविधान जारी गर्न योगदान ग¥यो । सोहि संविधान कार्यान्वयनको महत्वपुर्ण चरण अन्तर्गत प्रतिनिधि र प्रदेश सभा निर्वाचन पनि सम्पन्न भएको छ ।”
सोही विज्ञप्तिमा भनिएको छ, “निर्वाचनमा जित–हार स्वभाविक हो, मैले यसलाई पराजयको रुपमा लिएको छैन । चुनावमा जित्नुभन्दा अघि पनि मैले सप्तरीका जनताको विचमै रहेर सेवा गरेको थिए र जनताले प्रतिनिधि वनाउँदा समेत जिम्मेवारीलाई ईमान्दारीताका साथ निभाएको कुरा स्मरण गराउँन चाहन्छु । आगामी दिनमा समेत जनताको विचमै रहेर सेवा गर्ने र दुःख सुखमा साथ दिने प्रतिवद्धता र प्रण गर्दछु । यसका साथै अन्धजातिय अहंकारवाद तथा सामन्ती अवसेसका विरुद्ध वलिदानी पुर्ण संघर्ष पनि जारी राख्ने प्रण गर्दछु ।गस्”
वाम गठवन्धनमा रहेका नेता÷कार्यकर्ता र शुभचिन्तकहरुलाई रत्तिभर विचलीत नभई जनतासँगको सम्वन्ध अझ सुदृढ वनाउन र आगामी दिनमा अझ सुमधुर सम्वन्ध वनाई सफलता प्राप्तीको लागि संघर्ष गर्न अपिल गर्ने विज्ञिप्तमा उल्लेख छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट