News Category 2074/08/26

चार प्रतिनिधिसभा क्षेत्र मध्ये दुईमा फोरम, एक÷एकमा राजपा र काँग्रेस बिजयी, प्रदेशसभा क्षेत्र मध्ये तीनमा राजपा, दुईमा फोरम, दुईमा एमाले एकमा काँग्रेस

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २५ मंसिर । 
सप्तरीको चार प्रतिनिधिसभा क्षेत्र मध्ये दुईमा संघीय समाजवादी फोरम नेपाल र एक÷एक क्षेत्रमा राजपा नेपाल र काँग्रेसका उम्मेदवार बिजयी भएका छन् । सम्पन्न मतगणना अनुसार जिल्लाको क्षेत्र नं. १ मा मधेशी गठबन्धनका तर्फबाट फोरम नेपालका उम्मेदवार डा. सूर्यनारायण यादव, क्षेत्र नं. २ मा फोरम अध्यक्ष उपेन्द्र यादव, क्षेत्र नं. ३ मा राजपाका चन्द्रकान्त चौधरी र ४ मा काँग्रेसका तेजुलाल चौधरी बिजयी भएका छन् । 
त्यसैगरि सप्तरीको आठ प्रदेशसभा क्षेत्र मध्ये तीनमा राजपा, दुईमा फोरम, दुईमा एमाले र एक स्थानमा काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । 
यता क्षेत्र नं. १ मा फोरमका डा. सूर्य नारायण यादवले २१ हजार ७ सय १२ मत प्राप्त गरि बिजयी भए । उनले माओवादी केन्द्रका उम्मेदवार अशोक कुमार मण्डललाई ३ हजार ४ सय ८७ मतअन्तरले पराजित गरे भने मण्डलले १८ हजार २ सय २५ मत पाए ।
यस्तै सोही क्षेत्रको प्रदेश सभा १ बाट एमालेका सत्यनारायण मण्डल निर्वाचित भएका छन् । उनले ११ हजार ३ सय २ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी राजपा नेपालका महासचिव राजकुमार लेखीले ९ हजार २ सय ५२ मत प्राप्त गरे । त्यस्तै प्रदेश सभा २ बाट राजपाका उपाध्यक्ष नवलकिशोर साह बिजयी भएका छन् । उनले १३ हजार ६ सय ४७ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी काँग्रेसका बद्री महात्मानले ६ हजार ३ सय ३३ मत प्राप्त गरे ।   
यस्तै प्रतिनिधि सभा क्षेत्र २ बाट संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन् । फोरम अध्यक्ष यादवले १० हजार ४० मतअन्तरले निर्वाचित भएका हुन् । अध्यक्ष यादवले २१ हजार ६ सय २० मतप्राप्त गरि निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी बाम गठबन्धनका तर्फबाट उम्मेदवार रहेका माओवादी केन्द्रका उमेश कुमार यादवले ११ हजार ५ सय ८० मत प्राप्त गरेका छन् ।
त्यस्तै सोही क्षेत्रको प्रदेश सभा १ बाट फोरमका शैलेन्द्र प्रसाद साह बिजयी भएका छन् । उनले १० हजार ५ सय ७७ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका सरोज मण्डलले ७ हजार ५ सय ९३ मत प्राप्त गरे । यस्तै प्रदेशसभा २ बाट राजपाका उम्मेदवार एवं महासचिव मनिष सुमन बिजयी भएका छन् । उनले ८ हजार ९ सय ४० मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका महेश यादवले ५ हजार २२ मत प्राप्त गरे । 
त्यसै प्रतिनिधिसभा क्षेत्र नं. ३ मा राजपाका उम्मेदवार चन्द्रकान्त चौधरी निर्वाचित भएका छन् । चौधरी ३ हजार १ सय ८३ मतअन्तरले निर्वाचित भए । उनले २२ हजार ५ सय ८४ मत ल्याई बिजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार दिनेश यादवले सुरुदेखी नै कडा चुनौती दिँदै आएका थिए । यादवले  १९ हजार ४ सय १ मत प्राप्त गरे ।
यस्तै सोही क्षेत्रको प्रदेश सभा १ मा काँग्रेसका मो. समिम बिजयी भएका छन् । उनले ११ हजार ६ सय २८ मत प्राप्त गरे । उनका निकटत्तम प्रतिद्वन्द्वी राजपाका दिनेश यादवले ९ हजार ९ सय ७९ मत प्राप्त गरे । सोही क्षेत्रको प्रदेशसभा २ बाट राजपाका विदेश्वर प्रसाद यादव बिजयी भएका छन् । उनले १० हजार ३ सय २८ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी काँग्रेसका भगवति यादवले ६ हजार २ सय १२ मत प्राप्त गरेका छन् । 
यसैगरि प्रतिनिधिसभा क्षेत्र नं. ४ मा काँग्रेसका उम्मेदवार तेजुलाल चौधरी बिजयी भएका छन् । उनले २४ हजार १ सय १३ मत प्राप्त गरे । उनले राजपाका वरिष्ठ उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादवलाई पराजित गरे । उनका प्रतिद्वन्द्वी यादवले १४ हजार ८ सय ८६ मत प्राप्त गरे ।
सोही क्षेत्रको प्रदेशसभा १ बाट एमालेका जिल्ला अध्यक्ष गोबिन्द न्यौपाने बिजयी भएका छन् । उनले १५ हजार १ सय १३ मत ल्याए । उनका प्रतिद्वन्द्वी काँग्रेसका सिताराम साहले ११ हजार ३ सय ९५ मत प्राप्त गरे । त्यस्तै प्रदेशसभा २ बाट फोरमका अभिषेक यादव निर्वाचित भएका छन् । उनी ९ हजार ६ सय ५ मत प्राप्त निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विवेकानन्द झाले ७ हजार ३ सय ३६ मत प्राप्त गरेका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट