News Category 2074/08/26

हारले विचल्लि भएको छैन् ः लेखी

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २५ मंसिर ।
सप्तरी प्रतिनिधिसभा क्षेत्र नं. १ को प्रदेश सभा १ का निकटतम प्रतिद्वन्दी राजपाका महासचिव राजकुमार लेखीले निर्वाचनमा व्यहोरेको हारले आफू अलिकति पनि विचल्लि नभएको बताएका छन् । 
सोमबार लेखीले राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि हार जित स्वाभविक भएको भन्दै आफू जनता माँझ झन क्रियाशिल भई रहिरहने बताए । 
उनले आफ्नो ४० सालको राजनीति अनुभवमा पहिलो पटक निर्वाचनमा भाग लिएको र पराजित भए पनि जनता माँझ रहिरहने बताए । 
उनले अधिकांश नेताहरु राजनीतिलाई पेशा मानेर चुनावमा पराजित भए घाटा लाग्यो भन्दै राजनीति छोडेर अर्को पेशामा जाने गरेको बताउँदै  तर आफू राजनीतिमै रहेर जनता सेवा गरिरहेन प्रतिबद्धता व्यक्त गरे । 
निर्वाचनमा उम्मेदवारसेमत किनबेच र आर्थिक चहलखेल अत्यधिक भएकोले आफुले हार व्यहोर्नु परेको बताए । निर्वाचनमा हार भए पछि विभिन्न ठाउँबाट मधेशी गठबन्धनले बेइमानी गरेको कुरालाई नकार्दै लेखीले मधेशी गठबन्धनले सोचे भन्दा बढी सहयोग गरेकोप्रति आभार व्यक्त गरे । 
उनले निर्वाचनमा मतदान गर्ने र सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद समेत दिए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट