News Category 2074/08/26

विभिन्न स्थानमा भएको आगलागिमा १४ लाख बराबरको क्षति

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २५ मंसिर । 
सप्तरीको छुट्टाछुट्टै स्थानमा सोमबार आगलागि हुदा करिब बीस लाख मुल्य बराबरको क्षति भएको छ । 
जिल्लाको रुपनी गाउँपालिका ५ स्थित बसबिट्टीमा आगलागि हुदा १४ लाख मुल्यबराबरको क्षति भएको बताइएको छ । 
स्थानिय लक्ष्मण यादबको घर छेउमा फालेको खरानीको झिल्कोबाट अंचानक सल्केको आगोले निजको दुई वटा घर र  लत्ताकपडा, भाँडावर्तन, नगद २ लाख, सुन, चाँदी तथा गरगहना गरी करीव १४ लाख मुल्य बरावरको क्षति भएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।
यस्तै सप्तरीको महदेवा गाउँपालिकामा आगलागी हुदा स्थानिय दिनेश यादव र रघु यादवको एक एक वटा घर जलेको छ । सो आगलागीबाट नगद जिन्सी र धनमाल गरि ३ लाख मुल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ  । 
त्यस्तै सप्तरीको छिन्नमस्ता गाउँपालिका ६ कोचाबखारीमा आगलागी हुदा कपिलदेब राम र ईनरदेब रामको घर जलेको छ । सो आगलागीमा परि उनीहरुको घरमा रहेका अन्नपात, लत्ताकपडा, भाँडावर्तन गरी करीब ३ लाख मुल्य बरावरको क्षति भएको पीडितले बताएका छन् । 
आगोलाई स्थानियबासी प्रहरी र राजविराजबाट गएको बरुण यन्त्रले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ  । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट