News Category 2074/08/29

किर्ते नागरिकता बनाउने कार्यमा संलग्न प्रशासन कार्यालयका कर्मचारी, वडा सचिव र भारतीय नागरिकसहित ६ पक्राउ

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २८ मंसिर । 
सरकारी कर्मचारीको मिलोमतोमा संलग्न रहेका किर्ते नागरिकता बनाउने गिरोहलाई पक्राउ गरि सप्तरी प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरि उक्त किर्ते नागरिकता बनाउने गिरोहलाई सार्वजनिक गरेको हो । 
प्रहरीले सप्तरी सदरमुकाम राजविराजस्थित रंगशालामा किर्ते नागरिकता बनाई रहेको सूचना प्राप्त भए लगतै सो गिरोहलाई पक्राउ गर्न सफल भएको सप्तरीका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिए । 
जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृतको नक्कली हस्ताक्षर, जिल्ला प्रशासन कार्यालयको नक्कली छाप र सक्कली नागरिकता प्रमाणपत्र र त्यसमा अंकित होलेग्रामसहित विभिन्न मितिमा जारि भएको चार थान नागरिकता समेत उक्त गिरोहलाई पक्राउ गरिएको उनले बताए । 
किर्ते नागरिकता बनाउने कार्यमा मुख्य संलग्नता सर्लाही जिल्लाको ब्रम्हपुरी गाउपालिका ७ निवासी तथा हाल जिल्ला प्रशासन कार्यालय सप्तरीमा करारमा सहयोगी पदमा कार्यरत अजय कुमार यादव र सप्तरीको महदेवा गाउपालिका १ निवासी तथा राजविराज नगरपालिका वडा नं. १० का वडा सचिव मो. वकिल मियाँ रहेको प्रहरी उपरिक्षक सिंहले बताए । 
यस्तै अन्य पक्राउ पर्नेहरुमा भारतको उत्तरदेनाजपुर, ग्राम अन्तकोठा, थाना हेमन्तबाद बस्ने मो.लतिफुर रहमान, भारतको किसनगंज ग्राम तिवरिया थाना कोचाधामन निवासी हाल झापाको बिर्तामोड १ निवासी मो.नवेद, सुनसरीको हरिपुर गाउँपालिका वडा नं. ८ निवासी कलिम मियाँ र झापाको बिर्तामोड नगरपालिका ४ निवासी मो.सईरो रहेको प्रहरीले जनाएको छ । 
उनीहरुको साथबाट जिल्ला प्रशासन कार्यालय सप्तरीबाट जारी भएको चार थान किर्ते नागरिकता, मोबाइल ६ थान, सिमाकार्ड, नगद २ लाख १४ हजार, विभिन्न पदका नक्कली सरकारी स्टाम्पहरु ११ थान बरामद भएको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट