News Category 2074/09/04

सप्तरीमा समानुपातिकतर्फ राजपा पहिलो

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ३ पुस । 
मंसिर २१ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको अन्तिम मतपरिणाम अनुसार सप्तरी जिल्लामा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पहिलो स्थान हासिल गरेको छ । त्यस्तै दोश्रो र तेश्रो स्थानमा क्रमशः नेपाली काँग्रेस र संघीय समाजवादी फोरम नेपाल रहेको छ । 
जिल्ला मुख्य निर्वाचन कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार जिल्लामा प्रतिनिधि र प्रदेशसभा दुबैतर्फ राष्ट्रिय जनता पार्टी नेपाल पहिलो पार्टी बनेको छ । 
राजपाले प्रतिनिधिसभातर्फ ४७ हजार ५ सय ९९ र प्रदेशसभातर्फ ४२ हजार ६ सय मत प्राप्त गरेको छ । यस्तै नेपाली काँग्रेसले प्रतिनिधिसभातर्फ ४५ हजार ३ सय १ र प्रदेशसभातर्फ ३८ हजार ७ सय ३३ मत प्राप्त गरेको छ । 
त्यस्तै संघीय समाजवादी फोरम नेपालले प्रतिनिधिसभातर्फ ३२ हजार ४ सय ९० र प्रदेशसभातर्फ ३० हजार २ सय ३८ मत प्राप्त गरी तेश्रो स्थानमा रहेको छ ।
३० हजार ५ सय २५ मत प्रतिनिधिसभातर्फ प्राप्त गरी नेकपा (एमाले) चौथो पार्टी बनेको छ भने एमालेले प्रदेशसभातर्फ २८ हजार ९० मत प्राप्त गरेको छ । 
यसैगरी नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभातर्फ १८ हजार ८ सय २० र प्रदेशसभातर्फ १६ हजार ५७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुंगानाले बताए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट