News Category 2074/09/08
समानुपातिक निर्वाचनको नतिजा सार्वजनिक
दैनिक समाचारदाता
काठमाडौं, ७ पुस ।
निर्वाचन आयोगले प्रदेशसभातर्फ समानुपातिक निर्वाचनको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले शुक्रबार सार्वजनिक गरेको समानुपातिकतर्फ दलहरुले प्राप्त गरेको सिट अनुसार सातै प्रदेशमा गरि कुल २२० सिटमध्ये एमालेले ७५, कांग्रेसले ७२, माओवादीले ३५, संघीय समाजवादी फोरम नेपालले १३ र राजपाले १२ सिट पाएको छ भने राप्रपा तथ विवेकशील पार्टीले तीनतीन सिट पाएका छन् । अन्य साना दलले एकएक सिट पाएका छन् ।
यसैगरि प्रदेश १ मा एमालेले १५, कांग्रेसले १३ र माओवादीले ५ सिट पाएका छन् । त्यस्तै संघीय समाजवादी फोरमले ३, राप्रपाले १ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १ सिट पाएका छन् ।
प्रदेश नम्बर २ मा भने कांग्रेस पहिलो भएको छ । कांग्रेसले प्रदेश २ बाट समानुपातिकमा ११ सिट पाएको छ भने राजपाले १०, संघीय समाजवादी फोरमले ९ र एमालेले ७ सिट पाएका छन् । त्यस्तै माओवादी केन्द्रले ५ सिट पाएको छ भने नेपाल संघीय समाजवादी पार्टीले १ सिट पाएको छ ।
प्रदेश नम्बर ३ मा एमालेले सबैभन्दा बढि १६ सिट पाएको छ । त्यस्तै कांग्रेसले १४, माओवादीले ८, विवेकशील साझा पार्टीले ३ सिट पाएका छन् । नेमकिपा, राप्रपा र राप्रपा प्रजातान्त्रिकले पनि एकएक सिट पाएको छ ।
प्रदेश नम्बर ४ मा एमालेले १०, कांग्रेसले ९, माओवादीले ३ र राष्ट्रिय जनमोर्चा तथा नयाँ शक्तिले एक एक सिट पाएका छन् ।
प्रदेश नम्बर ५ बाट एमालेले १३, कांग्रेसले १२, माओवादीले ६ सिट जितेका छन् । त्यस्तै संघीय समाजवादीले २, राजपाले १, राष्ट्रिय जनमोर्चाले १ सिट पाएका छन् ।
प्रदेश नम्बर ६ मा एमालेले ६, कांग्रेसले ५,माओवादीले ४ सिट पाएका छन् । सो प्रदेशबाट राप्रपाले पनि एक सिट पाएको छ ।
प्रदेश नम्बर ७ बाट एमाले र कांग्रेसले बराबरी ८र८ सिट पाएका छन् । माओवादीले ४ सिट पाएको छ भने राजपाले एक सिट पाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/01/10 सप्तरीको परेमारामा भिषण आगलागि, १२ परिवारको २४ घर जल्यो
- 2081/01/10 जैन धर्मका अनुयायीले सम्झिए भगवान महाविर
- 2081/01/10 छिन्नमस्ता गाउँपालिकाद्वारा सशस्त्र प्रहरीको मेस भवन निर्माण
- 2081/01/07 सरोकारबाला एकजुट भए बालविवाह चाडै नियन्त्रणमा आउछ ः जिसस प्रमुख साह
- 2081/01/07 राससले पायो लालपुर्जा
- 2081/01/07 वार्षिकोत्सवमा सिटिजन बैंकका कर्मचारीद्वारा रक्तदान
- 2081/01/06 सार्वजनिक बिदाका दिनहरुमा पनि नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी सम्बन्धी सेवा प्रवाह हुने
- 2081/01/06 जग्गा कित्ताकाट प्रकृया सुरु गर्न माँग गर्दै ध्यानाकर्षण पत्र
- 2081/01/06 छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला संचालन हुने
- 2081/01/06 दिप प्रज्वलन गरि नेवि संघले मनायो स्थापना दिवस
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ