News Category 2074/09/11

प्रहरीको एकल प्रयासले अपराध न्युनिकरण हुँदैन् ः प्रदेश २ प्रहरी प्रमुख कायस्थ

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १० पुस ।
प्रदेश नं. २ का प्रहरी प्रमुख अतिरिक्त महानिरिक्षक विजयलाल कायस्थले नागरिकको सहयोग विना प्रहरीको एकल प्रयासले मात्र समाजमा शान्ति सुब्यवस्था र अपराध नियन्त्रण न्यूनिकरण सम्भव नभएकाले प्रहरी संगठनलाई नागरीक मैत्री वनाई अघि वढाईरहेको वताएका छन् ।
सोमबार सप्तरीको कञ्चनरुप नगरपालिकामा नवनिर्मित ईलाका प्रहरी कार्यालय र ट्राफिक प्रहरी पोष्ट भवनको उदघाटन गर्दै उनले सो कुरा बताउँदै प्रहरीले जनतासँग सहकार्य गरेर अघि वढिरहेको अवस्थामा स्थानीयले देखाएको उदारता र सहकार्यले सेवा अझ चुस्त दुरुस्त र प्रभावकारी वनाउन ठुलो मद्दत मिलेको जिकिर गरे । 
उनले प्रदेश नं. २ मा स्थानीय तह र त्यसपछि प्रदेश र प्रतिनिधि सभा निर्वाचन जसरी शान्तिपुर्ण रुपमा सम्पन्न भयो त्यसको श्रेय स्थानीयवासीलाई नै जाने चर्चा गर्दै जनताको सहयोग विना प्रहरी सफल हुन नसक्ने उल्लेख गरे । अपराध नियन्त्रणका लागि जनताले प्रहरीलाई गर्ने सहयोगको ऋण प्रहरीले आप्mनो ब्यवहार, आचरण र छिटोछरीतो सेवा दिएर तिर्नुपर्ने उनले भनाई छ । 
यस्तै सप्तरीका ख्स्प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले प्रहरी सेवा चुस्त, दुरुस्त र प्रभावकारी वनाउन नेपाल प्रहरी प्रयासरत रहेको चर्चा गर्दै जनताको साथ लिएर समाजमा शान्ति सुरक्षा कायम गर्न आफुहरु लागि परेको वताए ।
ईप्रका कञ्चनपुरको नवनिर्मित भवनमा मुल्य अभिवृद्धि कर सहित १ करोड १८ लाख ६४ हजार ८ सय ७७ रुपैँयाको लागतमा निर्माण भएको सो अवसरमा प्रहरी निरिक्षक एवम् ईन्जिनियर निरन्जनकुमार सिंहले जानकारी दिए । १० कठ्ठा १५ धुर जग्गामा निर्माण भएको प्रहरी भवनमा कार्यालय, आवस, शौचालय, सभा कक्ष तथा महिला र पुरुषका लागि वेग्लावेग्लै हिरासत कक्ष गरी १३ कोठा छन् ।
यसअघि प्रमुख अतिथी अतिरिक्त महानिरिक्षक कायस्थले कञ्चनरुप नपामा शान्ति तथा पुनर्निर्माण मन्त्रालयको सहयोगमा नव निर्मित ईलाका प्रहरी कार्यालय भवन तथा स्थानीयवासी र प्रहरीको जनश्रमदानवाट निर्माण गरिएको ट्राफिक प्रहरी पोष्टको समेत उद्घाटन गरेका थिए ।
कार्यक्रममा ट्राफिक प्रहरी पोष्ट भवन निर्माण कार्यमा सहयोग गर्ने स्थानीय वासी तथा ट्राफिक प्रहरीलाई सम्मान गरीएको थियो ।
कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी केन्द्रिय उपाध्यक्ष सविता कायस्थ, निमित्त प्रमुख जिल्ला अधिकारी अमर वहादुर खड्का, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष जितेन्द्र खड्गा, कञ्चनरुप नगरपालिकाका मेयर वसन्त मिश्र, राष्ट्रिय अनुसन्धानका उप निर्देशक देवराज लिम्वु, सशस्त्र प्रहरी वल सिमा सुरक्षा कार्यालय सप्तरीका एसपी रामाधार यादव, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास लगायतको सहभागिता थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट