News Category 2074/09/12

बाढीपीडित बालबालिकालाई ५ हजारको दरले नगद सहयोग

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ११ पुस ।
गत साउन महिनामा आएको बाढीका कारण पीडित बन्न पुगेका सप्तरीका बालबालिकाहरुलाई मंगलबार एक कार्यक्रमको आयोजना गरि आर्थिक सहयोग प्रदान गरिएको छ । 
बालअधिकार तथा वातावरण समाज नेपाल (क्रेस नेपाल) ले मंगलबार युनिसेफको सहयोग तथा महिला तथा बालबालिका कार्यालयको समन्वयमा बाढीपीडित परिवारका १ सय बालबालिकालाई नगद सहयोग गरेको हो । 
गत साउन २७ गतेको बाढिले घरवार विहिन भई कष्टकर जीवन विताउन बाध्य बाढिपीडित परिवारका १ सय जना बालबालिकालाई एक कार्यक्रम विच राहत स्वरुप ५÷५ हजारका दरले नगद सहयोग वितरण गरिएको क्रेस नेपालका अध्यक्ष उपेन्द्र साहले जानकारी दिए । 
बाढिबाट सर्वाधिक प्रभावित तिलाठी–कोइलाडी, तिरहुत, हनुमाननगर, भारदह, सकरपुरा, मैनाकडेरी, रम्पुरामलहनीयाँ, लोहजरा, रुपनी, सुरुङ्गा, कञ्चनरुप, विष्णुपुर, छिन्नमस्ता, मधवापुर लगायतका स्थानका बाढीपीडित गरीव असहाय परीवारका १ सय जना बालबालिकाको खोजीगरी नगद सहयोग वितरण गरीएको अध्यक्ष साहले बताए । 
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि निमित प्रमुख जिल्ला अधिकारी नरबहादुर खडका, प्रमु्ख महिला विकास अधिकृत चन्द्रकला श्रेष्ठ, युनिसेफ प्रतिनिधि अशोक झा, इन्सेक प्रतिनिधि मनोहर पोखरेललगायत संचारकर्मीकर्मीहरुको उपस्थिति रहेको थियो । 
सो क्रममा प्रमुख अतिथि खडकाले बालबालिकाहरुलाई प्राप्त रकम के गर्ने? भन्ने जिज्ञाशा समेत राखेका थिए । जवाफमा अधिकांस बालबालिकाले शौक्षिक सामाग्री किन्ने, स्कुलको फिस बुझाउने र चिसो बढेकाले न्यानो लुगा किन्ने जवाफ फर्काएका थिए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट