News Category 2074/09/12

राहतमा अनियमितता भएको भन्दै वडा कार्यालयमा तालाबन्दी

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ११ पुस ।
बाढिपीडितको नाममा आएको राहत सामग्री वितरणमा अनियमिता तथा भ्रष्टाचारी भएको भन्दै सप्तरीको महदेवा गाउँपालीका वडा नं. १ को कार्यालयमा स्थानीयले तालावन्दी गरेका छन् । 
स्थानीय बहादुर सदाको नेतुत्वमा सयौ बाढिपीडित वडा कार्यालय पकरीमा मंगलबार पुगेर तालावन्दी गरेको हो । वडा नं. १ का स्थानीय बहादुर सदाले राहतको नाममा आएको चामल, त्रिपाल, कम्वल, म्याट लगायतको सामग्री वडा कार्यालयमा नराखि वडा अध्यक्ष जयकिशोर दासको निजी घरमा राखेको आरोप लगाए । 
महदेवा गाउँपालीकाका कार्यकारी अधिकृत केशव झाले ८५ बोरा चामल पठाएको बताए भने वडा सचिव शिव कुमार मण्डलले ३८ बोरा मात्र आएको दाबी गरे । 
वडा अध्यक्ष दासले बाढिपीडितको नाममा केहीलाई पैसा लिएर केही आफन्तजन, राजनीतिक दलका व्यक्तिलाई बाढीपीडितको नामावलीमा नाम समावेश गरीएको सदाले संचारकर्मी समक्ष सो आरोप लगाएका हुन ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट