News Category 2074/09/14

जिप, भ्यान तथा मिनि माइक्रो यातायात व्यवसायी संघको साधारण सभा सम्पन्न

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १३ पुस । 
सगरमाथा जिप, भ्यान तथा मिनि माइक्रो यातायात व्यवसायी संघ सप्तरीको दोश्रो साधारण सभा बिहीबार राजविराजमा सम्पन्न भएको छ । 
राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवको प्रमुख आतिथ्य तथा संघका अध्यक्ष शम्भु प्रसाद यादव (लाली)को अध्यक्षतामा सम्पन्न साधारण सभामा बि.स. २०६९÷०७० देखी २०७३÷०७४ सम्म पाँच वर्षको आय व्यय प्रतिवेदन सार्वजनिक गरिएको थियो । 
संघका सहसचिव नेत्र विक्रम साहले सार्वजनिक गरेको प्रतिवेदनमा २०६९÷०७० मा आय ६ लाख ७६ हजार ५ सय र व्यय ४ लाख ९८ हजार ९ सय ११, २०७०÷०७१ मा आय १३ लाख ९४ हजार ८ सय र व्यय ८ लाख ९३ हजार २ सय ६९, २०७१÷०७२ मा आय १७ लाख १७ हजार २ सय र व्यय १४ लाख ६३ हजार २ सय ९३, २०७२÷०७३ मा आय १० लाख १६ हजार र व्यय १२ लाख ४ सय ६२ तथा २०७३÷०७४ मा आय २१ लाख ६१ हजार ४ सय र व्यय १८ लाख ९४ हजार ५ सय ४८ भएको उल्लेख गर्दै पाँच वर्षको जम्मा आय ६९ लाख ६५ हजार ९ सय र खर्च ५९ लाख ५० हजार ४ सय ८३ भएको जनाएको छ । 
त्यस्तै सहसचिव साहले चालु आ.व. २०७४÷०७५ मा २४ लाख २५ हजार अनुमानित आम्दानी हुने समेत जनाएका छन् । 
आय व्यय प्रतिवेदन सार्वजनिकीकरण पश्चात् राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले चार्ड नै जिप, भ्यान तथा मिनी माइक्रो स्टेण्डका पहल गर्ने प्रतिबद्धता जनाए । त्यस्तै सोही सभामा उपप्रमुख साधना झाले छोटो समयमा संघले गरेको प्रगति र पारदर्शीता सकारात्मक भएको उल्लेख गरिन् । सभामा संघका अध्यक्षले अध्यक्षीय प्रतिवेदन समेत प्रस्तुत गरेका थिए ।   

प्रतिकृया दिनुहोस

ताजा अपडेट