News Category 2074/09/14

जिप, भ्यान तथा मिनि माइक्रो यातायात व्यवसायी संघको अध्यक्षमा पुनः लाली

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १३ पुस । 
सगरमाथा जिप, भ्यान तथा मिनि माइक्रो यातायात व्यवसायी संघ सप्तरीको बिहीबार सम्पन्न दोश्रो साधारण सभाले पुनः शम्भुप्रसाद यादव (लाली) को नेतृत्वमा निर्विरोध ११ सदस्यीय पाँच वर्षीय कार्यसमिति चयन गरिएको छ । यादवको यो दोश्रो कार्यकाल हो । 
यादवको अध्यक्षतामा गठित समितिका वरिष्ठ उपाध्यक्षमा हरेराम यादव, उपाध्यक्षमा रामनारायण साह, सचिवमा दिवस श्रेष्ठ, सहसचिवमा नेत्रविक्रम साह र कोषाध्यक्षमा श्रीप्रसाद यादवलाई चयन गरिएको छ । 
त्यस्तै सदस्यहरुमा प्रविण कुमार झा, रघुनाथ दास, दिनेशकुमार यादव र खुवलाल यादवलाई चयन गरिएको निर्वाचन समितिका अधिकृत सतिश कुमार दत्तले जानकारी दिएका छन् । 
नवनिर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई बिहीबारै पद तथा गोपिनियतको सपथ गराइएको निर्वाचन अधिकृत दत्तले बताए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट