News Category 2074/09/20

चिसोका कारण जिवन कष्टकर बन्दै जाँदा समेत प्रशासन गम्भिर भएन् ः फोरम

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १९ पुस । 
मधेश लगायत सप्तरी जिल्लामा अत्यधिक चिसोसँगै शीतलहर सुरु भइसकेको हुदा दिनभरीजसो लाग्ने बाक्लो हुस्सु र चिसो हावाका कारण त्यहाको जनजीवन अत्यन्तै कष्टकर बन्दै गएकोप्रति संघीय समाजवादी फोरम नेपाल सप्तरीको गम्भीर ध्यानाकर्षण भएको छ । 
फोरम नेपाल सप्तरीका अध्यक्ष दिनेश कुमार यादवद्वारा बुधबार जारि विज्ञप्तिमा जाडो मौसममा बालबालिकालाई विशेष गरी श्वासप्रश्वासमा समस्या देखिने, बृद्धबृद्धाहरुमा जाडोले कठ्यांग्रिने, हाड जोर्नी दुख्ने र शीतलहरले ज्यानसमेत जान सक्ने गम्भीर समस्या उत्पन्न भइसक्दा पनि चिसोबाट जोगिन स्थानीय प्रशासनले अहिलेसम्म कुनै पनि पहल र उपाय अवलम्बन नगरेको आरोप लगाइएको छ । 
विगतका वर्षहरुमा पनि चिसोमा कठ्याग्रिएर थुप्रै आम जनताले ज्यान गुमाउनु परेको दुःखद अनुभव हुँदाहुँदै पनि मधेशमा बढ्दो शीतलहरबाट जोगिन कुनै पहल नहुनु सरकारकोको गम्भीर लापरवाही भएको विज्ञप्तिम उल्लेख छ । 
विज्ञप्तिमा शीतलहरका कारण बढेको जाडोबाट जनतालाई जोगाउन र चिसोकै कारणले कुनै अप्रिय घटना हुन नदिन न्यानो लुगा, आगो ताप्ने दाउरा र प्रभावित क्षेत्रमा औषधी उपचार लगायतको यथाशीर्घ व्यवस्था गर्न स्थानीय प्रहरी–प्रशासनसंग जोडदार माग गरिनुका साथै यसका साथै शीतलहर प्रभावित क्षेत्रमा न्यानो लुगा कपडा र ताप्ने दाउरा उपलब्ध गराउन आ–आफ्नो क्षेत्रबाट सहयोग गरिदिनुहुन विभिन्न सामाजिक संस्था, राजनीतिक दल र स्थानीयवासीसँग अपील समेत गरिएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट