News Category 2074/10/19

डोम समुदायका व्यक्तिहरुलाई चिया पिउनबाट बञ्चित गर्दै दुव्र्यहार, दुव्र्यहार गर्नेमाथी कारवाहीको माँग

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १८ माघ ।
दलित अन्तरगत भनिएको डोम जातीलाई अहिलेको २१ औं शताब्दीमा समेत छुवाछुतको भावनाले दुव्र्यहार गर्ने परम्परा सप्तरीमा कायमै रहेको बिहीबार भएको एक घटनाले उदाङ्गो पारेको छ । 
जिल्लाको शम्भुनाथ नगरपालिकास्थित कठौना बजारमा रहेको आधा दर्जन चिया पसलमा डोम समुदायका व्यक्तिहरुलाई बिहीबार चिया पिउनबाट बञ्चित गरिएको सो घटना प्रकाशमा आएको हो । 
उक्त घटना लगत्तै सो सम्बन्धमा डोम समुदायका व्यक्तिहरुले प्रहरी चौकी कठौनामा निवेदन दिन जाँदा प्रहरीले समेत निवेदन दर्ता गर्न नमान्दा उनीहरु थप मर्कामा परेका छन् । 
शम्भुनाथ नगरपालिका वडा नंं ६ स्थित बिरेन्द्र साह, गणेश साह, लक्ष्मी चौधरी, बैजु साह, रामु साह र नारायण साह चिया पसले डोम उत्थान समिति सप्तरीका अध्यक्ष युक्तिलाल मरिक, राजेन्द्र मरिक, जुगाई मरिक, महेन्द्र मरिक, सरयुग मरिक, कपलेश्वर मरिक, प्रमेश्वर मरिक र जामुन मरिकलाई चिया नास्ता पसलमा पस्न समेत नदिई दुव्र्यहार गरेका छन् । 
ती चिया नास्ता पसलेहरुले डोम जाति भनी अपहेलित गरेर पसलमा बसेर खान नदिने भन्दै दुरव्र्यहार समेत गरेको डोम उत्थान सतिति सप्तरीका अध्यक्ष युक्तिलाल मरिकले आरोप लगाएका छन् । 
मरिकले ती चिया पसलेहरुलाई जातिय भेदभाव तथा छ्ुवाछुत सजाय कसुर ऐन २०६८ बमोजिम कार्यवाही गरी उचित न्यायका लागि सरोकारवालाहरुसँग माँग समेत गरेका छन् । 
यता अधिवक्ता सुजित पोखरेलले जातिका आधारमा छ्ुवाछुत गरिनु अपराध भएको बताउँदै सो अपराधमा जातिय भेदभाव तथा छ्ुवाछुत सजाय कसुर ऐन २०६८ अन्तरगत तीन महिनादेखी एक वर्ष सम्म कैद र एक हजारदेखी २५ हजारसम्म जरिवाना गर्ने सजाय कानुनले गरेको जानकारी दिए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट