News Category 2074/10/22

चालु आ.ब. २०७४÷७५ को लागि तिलाठी कोइलाडी गापाको गाउँ सभा सम्पन्न

दैनिक समाचारदाता

दैनिक समचारदाता
राजविराज, २१ माघ । 
चालु आ.ब. २०७४÷७५ को लागि यस गाउँपालिकाको गाउँ सभा आइतबार सम्पन्न भएको जनाइएको छ । 
गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहद्वारा आइतबार साँझ जारि विज्ञिप्तमा सो सभा सम्पन्न भएको जनाइएको छ । 
जारि विज्ञप्तिमा गाउँ सभाको दुई तिहाई सदस्यले गाउँपालिकाको केन्द्र तिलाठीबाट कोइलाडीस्थित जिरिया हाटमा सार्ने निर्णय समेत गरेको जनाइएको छ । 
यस्तै विज्ञप्तिमा गाउँपालिकाको केन्द्र सार्ने निर्णयबाट असन्तुष्ट भएका वडा नं. १ तिलाठीका केही उच्छृंखल ब्यक्तिहरुले तिलाठीस्थित पाठशालामा निर्माण भईरहेको मञ्च तोडफोड तथा आगजनी गरेको उल्लेख गर्दै गाउँ सभाको निर्णय सार्वजनिकीकरण गर्न उक्त मञ्च निर्माण भईरहेको हुँदा तोडफोड तथा आगजनी गरिएकोप्रति गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । 
यस्तै उक्त कार्यप्रति खेद प्रकट गर्दै कुनै पनि निर्णयबाट असन्तुष्ट भए त्यसलाई वार्ताको माध्यमबाट समाधान गर्नु पर्नेमा तोडफोड तथा आगजनी जस्ता उच्छृंखल ब्यवहार गर्नु खेदजनक रहेको जनाइएको छ । 
सोही विज्ञप्तिमा त्यस्ता उच्छृंखल ब्यक्तिहरुमाथि कानुनी कारबाही गर्न स्थानीय प्रशासनसँग जोडदार माग समेत गरिएको छ । गाउँसभाको निर्णय सार्वजनिकीकरण कार्यक्रम माघ २२ गते सोमबार कोइलाडीस्थित जिरिया हाटमा विहान ११ बजेदेखि हुने समेत सोही विज्ञप्तिमार्फत सम्बन्धित सबैमा जानकारी गराइएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट