News Category 2074/10/22

होटलमा बैठक बसेको भन्दै तिलाठी कोइलाडी गापामा तालाबन्दी, समारोहका लागि तयार गरिएको टेन्टमा तोडफोड र आगजनी

दैनिक समाचारदाता

दैनिक समचारदाता
राजविराज, २१ माघ । 
तिलाठी कोइलाडी गाउँपालिकाको सोमबार हुने पहिलो ग्राम सभा निर्णय सार्वजनिकीकरण समारोहको पूर्वसन्ध्यामा कार्यक्रमका लागि बनाइएको टेन्टमा तोडफोड र आगजनी गर्दै कार्यालयमा तालाबन्दी ग िरएको छ । 
सो गाउँपालिकाको तयारीका लागि आइतबार साँझ राजविराज नगरपालिका वडा नं. २ स्थित तेतरी गाछीमा रहेको आशिया पार्टी प्यालेसमा बैठक बसेको भन्दै स्थानियहरुले गाउँपालिका कार्यालयमा आइतबारै साँझ तालाबन्दी गर्नुका साथै समारोहका लागि तयारी पारिएको टेन्टमा तोडफोड र आगजनी गरेका हुन् । 
स्थानीयहरुले गाउँपालिकाको निर्णय सम्बन्धी कुनै पनि बैठक गाउँपालिकाको कार्यालयमै गर्नुपर्ने भन्दै सो तालाबन्दी, टेन्टमा तोडफोड र आगजनी गरेको बताएका छन् ।
स्थानियका अनुसार यसअघि नै गाउँपालिकाकाकी उपाध्यक्ष सुचिता कुमारी यादवले गाउँपालिकको निर्णय र बैठक बहिष्कार गरेकी थिइन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट