News Category 2074/10/23

राजविराज कारागारका जेलर ४० हजार घुस रकमसहित पक्राउ

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २२ माघ । 
राजविराज कारागारका जेलर कृष्ण दाहाललाई सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुसको रकमसहित पक्राउ गरेको छ । 
सेवाग्राहीहरुसँग कैदी बन्दीहरुलाई सरुवा गरिदिने भन्दै ४० हजार रकमसहित बर्दिबास कार्यालय रहेको अख्तियारको टोलीले एक चिया नास्ता पसलबाट उनलाई पक्राउ गरेको जनाएको छ । 
सो टोलीले राजविराज कारागारदेखी २ सय मिटरको दुरीमा रहेको मुरली चिया पसलबाट सेवाग्राहीबाट रकम लिँदै गर्दा सप्तरीको कंचनरुप नगरपालिका १२ निवासी नायब सुब्बा दाहाललाई रंगेहात पक्राउ गरेको जनाएको छ । सेवाग्राही महिला रहेको र नाम भने गोप्य राखिएको छ । 
दाहाललाई पक्राउ गरि बर्दिबासको टोलीले इटहरीस्थित सम्पर्क कार्यालयको टोलीलाई बुझाएको छ । यता घटनाको मुचुल्का तयार गरी दाहाललाई आयोगको काठमाडौंस्थित केन्द्रीय कार्यालयमा उपस्थित गराउने बताइएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट