News Category 2074/10/29

नेपालमा ३२ हजारभन्दा बढी एचआईभी संक्रमित

दैनिक समाचारदाता

दैनिक समाचारदाता
काठमाडौं, २८ माघ ।
नेपालमा एचआईभी संक्रमितको संख्या ३२ हजार नाघेको छ । 
अन्तर्राष्ट्रिय कण्डम दिवसका अवसरमा आइतबार भक्तपुरमा शुरुवात नामक संस्थाले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी गराईएको हो । 
कार्यक्रममा एड्स हेल्थ केयर फाउण्डेसन (एएचएफ) का प्रतिनिधि रवि सिंहले हालैको तथ्याङ्कअनुसार ३२ हजार ७३५ एचआईभी संक्रमित रहेको र त्यसमध्ये २३ हजार एचआईभी संक्रमितको पहिचान भएको र अझै १० हजारको पहिचान हुन बाँकी रहेको बताए । 
एचआईभी पहिचान भएकामध्ये ८५ प्रतिशतलाई यौन सम्बन्ध कै माध्यमबाट संक्रमण भएको बताउँदै उनले युवा पुस्तामा असुरक्षित यौन सम्बन्ध बढ्दै गएकाले युवालाई कण्डम प्रयोगबारे चेतना दिनुपर्नेमा जोड दिए । 
पत्रकार सम्मेलनमा शुरुवात संस्थाकी कार्यकारी निर्देशक राजेश दीदीयाले सरकारले संचालन गरेको देशभरका ६७ वटा एआरटी सेन्टरमा १३ हजार संक्रमितले औषधि सेवन गरिरहेको बताए । उनका अनुसार भक्तपुरमा मात्रै एक हजार १०० एचआईभी संक्रमित रहेका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट