News Category 2074/11/03

फोरम अध्यक्षको पुतला दहन

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २ फागुन । 
विश्व हिन्दु परिषद नेपाल सप्तरीले मुश्लिम समुदायका व्यक्तिलाई प्रदेश नं. २ को मुख्यमन्त्री बनाएको भन्दै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको पुतला दहन गरेको छ ।
सप्तरीको शम्भुनाथ नगरपालिकास्थित कठौनामा बुधवार हिन्दु परिषद नेपाल र भातृ संगठन हिन्दु युवा परिषदले संयुक्त रुपमा ¥याली निकाली अध्यक्ष यादवको पुत्ला दहन गरेका हुन् । 
परिषदका जिल्ला प्रमुख जंग बहादुर सिंह, अध्यक्ष राम किशुन साह, अंचल सदस्य उमदेश्वर साह, यूवा परिषद्का जिल्ला अध्यक्ष गोपाल गुप्ता लगायतको सहभागिता रहेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट